Sarawal sit lahar Notis

जनता प्रगतिशील पार्टी नेपाल नवलपरासीद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र ।

0 151

कृष्ण ढकाल
बर्दघाट,माघ–२१
स्थानिय तहको नामाङ्कन र सिमाङ्कनको टुंगो लगाउन माग गर्दे जनता प्रगतिशील पार्टी नेपाल नवलपरासीले विहिवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
जनता प्रगतिशील पार्टी नेपाल नवलपरासीका जिल्ला अध्यक्ष राधेरमन पाण्डे सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
पठाईएको ज्ञापन पत्रमा प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको नामाङ्कन र सीमाङ्कनको टुंगो लगाउन माग गरीएको छ ।

त्यस्तै जनता प्रगतिशील पार्टी नेपाल नवलपरासीले विहिवार नै नवलपरासीको सदरमुकाम परासीको वृद्धचोकमा नारावाजी सहित विरोध प्रर्दशन गरेको थियो । पेट्रोलियम पर्दाथमा भएको मुल्यवृद्धि फिर्ता गर्नु पर्ने र सिमाङ्कन टुंगो लगाउनुपर्ने लगाएतका माग राख्दै प्रर्दशनमा नाराबाजी गरीएको थियो।

Leave A Reply

Your email address will not be published.