Sarawal sit lahar Notis

वनअधिकारकर्मीहरुलाई तत्काल रिहागरः जिल्ला वन महासंघ

0 20

कृष्ण ढकाल
बर्दघाट,माघ–१९

प्रहरीले काठमाण्डौंमा गिरफतार गरेका सामुदायिक वन अधिकारकर्मीहरुलाई तत्काल रिहा गनु पर्ने माग राख्दै नवलपरासी लगाएका जिल्लाका विभिन्न सामुदयिक वन महासंघले प्रेस विज्ञप्ती जारी गरेका छन।
सामुदयिक वन उपभोक्ता महासंघ नवलपरासी पश्चिमका जिल्ला अध्यक्ष कमल परियार,जिल्ला महासंघका ठाकुर प्रसाद पाण्डे र सामुदयिक वन उपभोक्ता महासंघ नेपाल,रुपन्देहीका अध्यक्ष दिनानाथ आचार्यद्धारा हस्ताक्षरित गरी जारी गरिएको तिन छुट्टा–छुट्टै प्रेस विज्ञप्ती मार्फत विनासर्त रिहाईको माग गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ यदि वनको संरक्षण र दिगो वन ब्यवस्थापनको लागी अमुल्य योगदान गर्दै आएका देशभरका २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समुहको सम्बैधानिक र कानुनी अधिकार हनन् हुने गरि ल्याईएको वन नियमावली र सामुदयिक वन विरोधी प्रदेश वन ऐनहरुका आफुहरुलाई मान्य नहुने बताईएको छ ।

नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदयिक वन विरोधी प्रदेश वन ऐनहरुका विरुद्ध वन विभाग परिसर बबरमहलमा एक हप्ता देखी शान्तिपुर्ण रुपमा एक घण्टे धर्ना कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र सो संस्थाका अध्यक्ष भारति पाठक लगाएत १४ जनालाई सुरक्षा निकायले ठाडो हस्तक्षेप गरि अधिकारकर्मीहरुलाई पक्राउ गरेको प्रति महासंघले घोर आपत्ति जनाएका छन् । यदि आफ्नो माग सुनुवाई नगरेमा कडा आन्दोलनमा उत्रिने समेत विज्ञप्ती मार्फत चेतावनी दिएका छन ।

संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा विगत एक हप्ता देखी अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटा लगाएतका अन्य वनअधिकारकर्मीहरु आन्दोलनमा पक्रउपरेका हुन ।

Leave A Reply

Your email address will not be published.