Holi asnjal makar GURU

ट्याग किशोरीद्वारा समुदायमा क्यासकेड तालिम सन्चालन गर्दै ।

48

रामु भुसाल
बर्दघाट,माघ–१७
पश्चिम नवलपरासीको जहदा सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र बर्दघाट १२ जहदा द्धारा सञ्चालित ट्याग परियोजना अन्तर्गत तालिम लिईरहनु भएका किशोरीहरुले समुदाय स्तरमै गई क्यासकेड तालिम दिइयका छन् ।तालिम अन्तर्गत सोमबार बर्दघाट नगरपालिका वार्ड नम्बर ३ लगुनाहा मा ट्याग किशोरी रिंकु थारुको अध्यक्षता एवं बर्दघाट वार्ड नं। ३ का वार्डअध्यक्ष रुद्रप्रसाद न्यौपाने को प्रमुख आतिथ्यता मा सप्पन्न तालिम मा लिंग र लैङगिकता सम्बन्धि तालिम सम्पन्न गरेका छन।
सो अवसरमा महिला स्वास्थ्य स्वयंसेविका बिस्नु पराजुली लगायतले मनतव्य राखनु भएको थियो । परियोजना को तालिममा सहभागि २७ जना किशोरीहरु विभिन्न समुहमा गठित भएर आफुले तालिममा सिकेका कुरा विभिन्न लक्षित समुहमा गई क्यासकेड तालिम गराएका हुन्।
परियोजनामा आफुले सिकेका कुरा लिंग र लैंगिकता सम्बन्धि ,बालबिवाह सम्बन्धि सामाजिक संजालको प्रयोग सम्बन्धि र कार्यको आधारमा लैंगिक विभेद सम्बन्धि क्यास केड तालिम किशोरी हरु ले बर्दघाट नगरपालिकाको वार्ड नंं ३ ,१२ ,१३ र सरावलको वार्ड नंं ४ मा समुदाय स्तरमै गई ९ स्थानमा तालिम संचालन गरिरहेको पुस्तकालयकी ट्याग परियोजना संयोजक यबम प्रशिक्षक लक्ष्मी धिताङले जानकारी दिनु भएको छ ।