Jilla Ban Notis

पारिजात पर्या–पर्यटन पार्कलाई ब्यवस्थीत र नमुना बनाउनु पर्नेमा जोड ।

0 49

कृष्ण ढकाल
बर्दघाट,माघ–१४

बर्दघाटको पारिजात सामुदायिक वन उपभोक्ता समुहले निर्माण गर्न लागेको पारिजात पर्या–पर्यटन पार्कका बिषयमा आज स्थानिय सरोकारवालाहरु विच पहिलो चरणको छलफल कार्यक्रम
भएको छ ।
छलफलमा सहभागि राजनितिक दलका प्रतिनिधि तथा सरोकारवालाहरु विचको छलफलले पारिजात पर्या–पर्यटन पार्कलाई ब्यवस्थीत र नमुना बनाउनु पर्नेमा जोडदिएको थियो । पारिजात पर्या–पर्यटन पार्क निर्माण तथा सञ्चालन समितिका संयोजक एवं पारिजात सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष आनन्द पुरीको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा पार्कलाई ब्यवस्थीत र नमुना बनाउनु पर्नेमा जोडदिएको थियो ।

वन समुहका सचिव कृष्ण प्रसाद न्यौपानेको संचालनमा भएको छलफल कार्यक्रममा पारिजात पर्या–पर्यटन पार्कका बिषयमा भएको प्रथम चरणको डिपिआर निमार्ण र त्यसको निमार्ण प्रक्रियाका वारेमा मेटिटो कन्सल्टेन्सी एण्ड कन्ट्रक्सन प्रा.लि.का तर्फवाट पारिजात पर्या–पर्यटन पार्कको अवभारण पत्र प्रस्तुत् गरीएको थियो ।

छलफल कार्यक्रममा पारिजात पर्या–पर्यटन पार्क निर्माण तथा सञ्चालन समितिका पदेन सदस्यहरु वडा नम्वर ४ का वडाध्यक्ष,उद्योग वाणीज्य संघका अध्यक्ष,बजार विकास समितिका अध्यक्ष ,खानेपानी संस्थाका अध्यक्ष सहित अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

बर्दघाट बस पार्क देखी पुर्व तर्फको भागमा पार्क निर्माण कार्य भैरहेको छ । अहिले पिकनिक खानका लागि दुईवटा सेड निर्माण भएको छ । खानेपानी, सौचालय ,् लगाएत प्रवेशद्धारा पनि निर्माण भैसकेको छ ।

Leave A Reply

Your email address will not be published.