sunwal

बर्दघाट प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि सरोकारवालाहरु बिच छलफल सम्पन्न् ।

127

कृष्ण ढकाल
बर्दघाट,माघ–१०
बर्दघाट प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नका लागि आज पहिलो पटक सरोकारवालाहरुको प्रतिनिधिमुलक भेला सम्पन्न् भएको छ । नगरपालिकाको सभा हलमा भएको उक्त प्रतिनिधिमुलक भेला प्राज्ञ सभाका अध्यक्ष एवं बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेलको अध्यक्षता र नवलपरासी साहित्य परिषद्का अध्यक्ष डा. श्याम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको छ।

भेलामा कार्यक्रमका संयोजक प्रध्यापक कृष्ण बन्धु पौडेलले बर्दघाट प्रज्ञा प्रतिष्ठान गठनको उद्धेश्य र त्यसको गठन प्रक्रिया संगै बर्दघाट प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नका लागि अहिले सम्म भएगरेका प्रयासहरुका वारेमा जानकारी गराउनु भएको थियो । उहांले बर्दघाट प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नका लागि स्र्वर्गीय हिमलाल ज्ञवालीले गर्नु भएको योगदानको खुलेर प्रशंसा समेत गर्नु भएको थियो ।

त्यसैगरी प्रमुख अतिथि न्यौपानेले बर्दघाट प्रज्ञा प्रतिष्ठानको स्थापना गरेसंगै हुने फाईदाहरु र त्यसको प्रभावकारीताका वारेमा जानकारी गराउनु भएको थियो । उहांले नगरमा प्रज्ञा प्रतिष्ठान नभएकै कारण पुराना,भाषा,कला,साहित्य संस्कृति र दर्शनहरु लोप हुने खतरा बढेर गएका कारण त्यसको संरक्षण र संर्बद्धन गर्नका लागि पनि सरोकारवालाहरु बेलैमा सचेत र सजक भएर लाग्नु पर्ने बताउनु भएको थियो ।

प्राज्ञ सभाका अध्यक्ष एवं बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेलले बर्दघाट नगरको भाषा,कला,साहित्य, संस्कृति तथा भेषभुषा र दर्शनको वारेमा नयां पुस्तालाई जानकारी दिनका लागि बर्दघाट प्रज्ञा प्रतिष्ठानले महत्वपूर्या भुमिका निर्भाह गर्नेमा आफु पूर्ण विश्वस्त रहेको बताउनु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानको गठनका लागि प्राज्ञ सभाको अध्यक्षमा नगरपालिकाको उपप्रमुख अध्यक्ष र नगर कार्यपालिकाले तोकेका दुई जना र भाषा,कला,साहित्य ,संस्कृतिको क्षेत्रवाट २ जना गरी ५ जनाको सिफारीसमा प्रज्ञा सभा रहने ब्यवस्था रहेको छ ।
जस्मा एक जना कुलपति,एक जना उपकुलपति,सदस्य सचिव एक जना र ८ जना सदस्य गरी ११ सदस्य रहने नितिगत ब्यवस्था रहेको छ ।