Jilla Ban Notis

नवलपरासीको भुजहवावाट प्रतिबन्धित जडीबुटी बरामद ।

0 59

नवलपरासी ,माघ–५
डिभिजन वन कार्यालय नवलपरासीले विशेष सुराकीको आधारमा कबाड संकलन गर्ने पसलबाट प्रतिबन्धित सुनाखरी र झ्याउ जस्तो जडीबुटी बरामद गरेको छ । सोमबार सरावल गाउँपालिका वडा नम्बर–७ को भुजहवावाट उक्त प्रतिबन्धित जडीबुटी बरामद गरेको हो ।

सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरेको छ । कार्यालयले विशेष सुराकीको आधारमा जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ७ स्थित भुजहवाँमा रहेको एक कबाड पसलबाट ठूलो मात्रामा प्रतिबन्धित सुनाखरी र झ्याउ जस्तो जडीबुटी सोमबार बरामद गरेको हो ।

डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी बल बिओपी भुजहवा र जनपद प्रहरी चौकी भुजहवाको सहयोगमा उक्त वस्तु बरामद गरिएको सव डिभिजन वन कार्यालय निमित्त प्रमुख डिभिजन वन अधिकृत डिलाराम पौडेलले बताउनु भएको छ ।

साई ट्रेडर्स कबाड संकलन केन्द्रवाट सुनाखरी २१ क्वीन्टल ८० किलोग्राम, झ्याउ ५१ क्वीन्टल ३० किलो ग्राम बरामद गरीएको निमित्त प्रमुख पौडेलले बताउनु भएको छ ।उहांका अनुसार कुल ५ लाख ६४ हजार २ सय ५० रुपैया बरावरको बिगो रकम मुल्यांकन गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

सुनाखरी रुघाखोकी, च्यावनपरास, जस्ता आयुर्वेदिक औषधीमा प्रयोग हुने र झ्याउबाट पाउडर बनाई घाउ निको पार्ने आयुर्वेदिक औषधी बनाइने डिभिजन बन कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.