Sarawal sit lahar Notis

समतामुलक समाज निर्माणका लागि सबै एकभएर लागौं ः नगर प्रमुख बस्याल

0 60

कृष्ण ढकाल
बर्दघाट,पौष–२९
बर्दघाट नगरका जनप्रतिनिधिहरुका लागि स्वास्थ्य क्षेत्रमा लैङ्कि समानता तथा समावेसिकरण मुल प्रवाहीकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न् भएको छ ।

आज भएको उक्त कार्यक्रममा स्थानिय तहमा लैङ्कि समानता तथा समावेसिकरणका सवालमा देखिएका समस्या तथा चुनौतीका वारेमा विषयगत छलफल गरीएको थियो । त्यसैगरी बर्दघाट नगरको स्वाथ्य निति कार्यक्रम तथा बजेट विश्लेषणका वारेमा र स्वास्थ्य समानतामा ल्याउनु पर्ने सुधारका योजनाहरुका वारेमा समेत कार्यक्रम केन्द्रि रहेको थियो ।

बर्दघाट नगरपालिका स्वास्थ्य शाखाको आयोजना र युएसएआईडिको सहकार्यमा संचालीत सो कार्यक्रममा रमा भण्डारीले सहजीकरण गर्नु भएको थियो । बर्दघाट नगरका नगर प्रमुख,उप प्रमुख,प्रमुख प्रशासकिय अधिकृत ,शाखा प्रमुखहरु,सबै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु र पत्रकारहरु समेतको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

अहिले न्यायोचित वितरणमा ध्यान नदिदां समाजमा समस्याहरु आईरहने गरेकोले अब त्यसको न्यूनिकरणका लागि राज्यका जिम्मेवार निकाएमा रहने जनप्रतिनिधिहरुले समतामुलक समाज निमार्णका लागि मुख्य भूमिका निर्वाह गर्नुपर्ने कार्यक्रमको निश्कर्ष सहितको सामुहिक प्रतिवद्धता जाहेर समेत गरीएको छ ।

समतामुलक समाज निमार्णका लागि जातिय तथा महिला हिंसा अन्त्य गर्नु पर्ने, सबैलाई निर्णय गर्ने क्षमता र अधिकारका वारेमा जानकारी गराउने,नेतृत्व तहमा समावेसी सहभागिता गराउने,शिक्षा र चेतना स्तर बृद्धि गर्ने,जातिय वर्गीय,महिला विभेदको अन्तय गर्ने र सम्पत्ति र आयमा पहुंच पुर्याउन सक्ने गरी अघि बढेमा समतामुलक समाज निमार्ण हुने कार्यक्रमको निर्षकश निकालिएको थियो ।

कार्यक्रमको समापनका क्रममा बोल्दै नगर प्रमुख धिरज शर्मा बस्यालले आफुहरुले समतामुलक समाज निमार्णका लागि केहि प्रयासहरु गरेको बताउदै अब थप जिम्मेवारीका साथ लाग्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
त्यस्तै सोअवसरमा सहभागिहरुको तर्फवाट बोल्दै बर्दघाट नगरपालिका वडानम्वर ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालले समाज बनाउने जिम्मा सबैको रहेकाले सबै मिलेर आ–आफ्नो स्थानवाट लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.