Jilla Ban Notis

माकर बहुमुखि सहकारी संस्था,बर्दघाटको साधारण सभा सम्पन्न् ।

0 34

कृष्ण ढकाल
बर्दघाट,पौष–२६
माकर बहुमुखि सहकारी संस्था, बर्दघाट–४ ,बर्दघाटको २३औं वार्षीक साधारण सभा सम्पन्न् भएको छ । संस्थाका कार्यवहाक अध्यक्ष रामकिसन चौधरीको अध्यक्षता र जिल्ला सहकारी संघ नवलपरासीका उपाध्यक्ष वृहस्पति अधिकारीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न् भएको हो ।
सभामा जिल्ला सहकारी संघका सदस्य रुद्र प्रकाश उपाध्यय,बर्दघाट नगर सहकारी संघका संयोजक पुण्य प्रकास पौडेल ,दिप प्रकाश लोहनी लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
सभामा संस्थाका का.व.अध्यक्ष रामकिसन चौधरीको प्रगति प्रतिवेदन,सचिव मुरली कृष्ण खनालको प्रशासनिक प्रतिवेदन र कोषाध्यक्ष रमेश बस्यालको आर्थिक प्रतिवेदन सर्व सम्वतरुपमा पारित भएको छ । त्यसैगरी सभामा लेखा समितिका संयोजक कृष्ण प्रसाद चालीसेले लेखा समितिको प्रतिवेदन प्रस्तुत् गर्नु भएको थियो ।
सभामा प्रस्तुत् गरीएको प्रतिवेदन अनुसार संस्थाको कुल शेयर पुंजी १४ लाख ७९ हजार ८ सय रुपैया रहेको छ भने संस्थागत पुंजी ९८ लाख १६ हजार ८ सय ९१ रुपैया रहेको छ ।


शेयर संख्या ३ सय ९० जना रहेका छन । सस्थामा गत आ.ब.मा २१ लाख ४६ हजार ५ सय ४३ रुपैया आम्दानी भएको मा संस्था संचालन तथा कर ब्यवस्थापन खर्च वापतको २० लाख ३५ हजार ९ सय १० रुपैया खर्च भएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
त्यसैगरी संस्थाको सबै खर्च कटाएर संस्थाले १ लाख ५ हजार १ सय १ रुपैया शुद्ध नाफा गरेको प्रतिवेदनमा जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.