Sarawal sit lahar Notis

लायन्स कल्वअफ नवलपरासी दाउन्नेले चार्टर्ड नाईट मनायो ।

0 42

कृष्ण ढकाल
बर्दघाट,पौष–२४
लायन्स कल्वअफ नवलपरासी दाउन्नेले शनिवार एक कार्यक्रमका विच बर्दघाटको शिवालय मन्दिर परिसर सफा गर्नुका साथै साझपख चार्टर्ड नाईट समेत मनाएको छ । ८ जनवरी २०२१ अर्थात क्लव स्थापना भएको दिनलाई सम्झ्दै बर्दघाट नगरपालिका वडा नम्वर ४ मा रहेको शिवालय मन्दिर परिसरमा रोपिएका बिरुवाहरुको स्याहार संभार तथा परिसर वरपर सरसफाई गरेको लायन छविलाल ढकालले जानकारी दिनु भएको छ ।

८ जनवरी २००९ मा लायन्स क्लव ईन्टरनेशनल (एल.सि.आई) द्वारा स्विकृत भई लायन्स क्लव अफ नवलपरासी दाउन्ने स्थापना भएको दिनको स्मरण गर्दे क्लव स्थापना भएको दिनलाई चार्टड डे का रुपमा प्रत्येक बर्ष चार्टर्ड डे/नाईट मनाउदै आएको ढकालले जानकारी दिनुभएको छ ।

हिजोको चार्टर्ड डे/नाईट कल्वका अध्यक्ष लायन तिलकराम खनालको अध्यक्षता र पूर्व अध्यक्ष लायन मनोज खनालको प्रमुख आथित्यतामा केककाटेर मनाईएको थियो । सो अवसरमा
क्लवका प्रथम उपाध्याक्ष भिम प्रसाद सुबेदी र दितिय उपाध्याक्ष कमल पौडेल शुभकामना दिनु भएको थियो भने कार्यक्रमको संचालन क्लवका सचिव रमेश श्रेष्ठले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.