Jilla Ban Notis

नेकपा एमाले नवलपरासीको जिल्ला अधिवेशनको तयारी पुरा ।

0 22

कृष्ण ढकाल
बर्दघाट,पुष–२१
नेकपा एमाले पश्चिम नवलपरासीले आगामी शुक्रवार गर्ने आठौं जिल्ला अधिवेशनको तयारी पुरा भएको जनाएको छ । आज अधिवेशन स्थलको परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको थियो ।

नेकपा एमाले पश्चिम नवलपरासीका उपाध्यक्ष तथा आठौं जिल्ला अधिवेशन मुलब्यवस्थापन समितिका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षतामा र प्रचार प्रसार उप–समितका संयोजक राजन कुमार आचार्यको सहजीकरणमा उक्त पत्रकार सम्मेलन सम्पन्न् भएको थियो ।

पत्रकार सम्मेलनमा प्रचार प्रसार उप–समितका संयोजक आचार्यले अहिले सम्म भएको तयारी र नितिगत कुराका वारेमा जानकारी गराउनु भएको थियो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नेकपा एमाले पश्चिम नवलपरासीको आठौं जिल्ला अधिबेशन सफल बनाउन पार्टीले ५ सय ५१ सदस्य रहेको मुल तयारी समीती र ९ वटा उप–समिति गठन गरिएको र ति सबै समितिहरुका तयारी बैठकहरु बसेर जिम्मेवारीका साथ कार्य गरेको जानकारी दिईएको थियो ।

नेकपा एमाले पश्चिम नवलपरासीको जिल्ला अधिबेशनमा ५ सय ६२ प्रतिनिधि सहभागी हुने छन । जस्मा जिल्ला भरीको भूगोलवाट ४ सय ६५ जना आयोजकवाट ७५ जना,सल्लहकारवाट १५ जना गरी कुल ५ सय ६२ जना प्रतिनिधि सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

यसरी सहभागि हुदां सुनवल १ सय २३,रामग्राम ५८,बर्दघाट १ सय ५६,सुस्ता ३५,सरावल ५४,पाल्हिनन्द्यन ११,प्रतापपुर २८ जना र ७ वटा पालिकाहरुवाट ७ जना पदेन रहने विद्यानत ब्यवस्था रहेको बताईएको छ ।

नेकपा एमालेको तथ्यांक अनुसार पश्चिम नवलपरासीमा ७ हजार नेकपा एमाले संगठीत सदस्य रहेक छन ।

अध्यक्ष पदका दावेदारद्धय पत्रकार सम्मेलनमा एक साथ

यता नेकपा एमाले नवलपरासीको ८औं जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा जिल्लाको नेतृत्व पाउनु पर्ने दाविगर्दै दिपेन्द्र कुमार अधिकारी र थान प्रसाद गैरेले अध्यक्ष पदका लागि दावि गरी रहनु भएको छ । त्यसो त अध्यक्ष पदमा मात्र हैन अन्य पदका लागि पनि कतै दुई धारमा रहेर त कतै एकल रुपमा विभिन्न पदमा आफ्नो उमेदवारी रहने भन्दै भित्री रुपमा भोट माग्ने कार्यको शुरु भएको पाईएको छ ।

Leave A Reply

Your email address will not be published.