Jilla Ban Notis

संसारकोटमा १४ पुष मेला तथा खुल्ला भलिवल प्रतियोगिता शुरु ।

0 36

कृष्ण ढकाल
बर्दघाट,पुष–१५
बर्दघाट नगरपालिका वडा नम्वर २ को पहाडीक्षेत्र संसारकोटमा आज देखि १४ पुष मेला तथा खुल्ला भलिवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको नगर प्रमुख धिरज शर्मा बस्यालले आज समुद्घाटन गर्नु भएको छ ।

मेला आयोजक समितिका अध्यक्ष दान बहादुर दर्लामीको अध्यक्षता र नगर प्रमुख बस्यालको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा बर्दघाट वडा नम्वर २ की वडाध्यक्ष दया दर्लामी,वडा सदस्य कृष्ण पाण्डे,दधिकला पौडेल,प्रेम सोमई,बर्दघाट नगर खेलकुद् विकास समितिका अध्यक्ष सन्तोष श्रेष्ठ ,चिसापानी सामुदायिक वन उपभोक्ता समुहका सचिव अनिल गुरुङ्ग,भद्रकाली प्राबिका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवान गुरुङ्ग,जिल्ला सामुदायिक वन महासंघ नवलपरासीका अध्यक्ष कमल परियार लगाएतको उपस्थिती रहेको थियो ।

सो अवसरमा बोल्ने बक्ताहरुले संसारकोट बर्दघाट नगरकै एउटा मनोरम पर्यटकिय गन्तब्यका रुपमा रहेकाले सोक्षेत्रको विकासका लागि स्थानिय सरकार ,प्रदेश सरकार र केन्द्रिय सरकारले विषेश ध्यान दिन जरुरुी रहेकोमा जोड दिएका थिए । उनीहरुले पहिले भन्दा अहिले सांरकोटको महत्व बढेर गएको र त्याहाका नागरीकहरुको जिवन शैलिमा समेत परिर्वतन आएको भन्दै अब आयआर्जनसंग जोडेर विकास निमार्णका कार्य गर्न जरुरी रहेको बताएका थिए ।

कार्यक्रम सूर्य ज्योती युवा क्लव चिसापानीका सचिव टेक बहादुर थापाले संचालन गर्नु भएको थियो । हिजो अर्थात पुष १४ गतेवाट शुरु गर्ने भनिएको उक्त मेला मौसम अनुकुलका कारण आजवाट शुरु गरीएको हो । आव दिउंसो १४ पुष मेला तथा खुल्ला भलिवल प्रतियोगिताको समुद्घाटन गरीएको थियो भने अहिले रातीमा स्थानिय वासीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रमहरु भैरहेको बताईएको छ ।

त्यसैगरी भलिवल प्रतियोगिताका लागि २५ बढी प्रतियोगी समुहहरुले आफ्नो टिम दर्ता गराएको आयोजकले जनाएको छ । प्रवेश शुल्क १५ सय रुपैया लिएर टि–टि सिस्टममा खेलाईने भलिवल प्रतियोगितामा सहभागि टिमले ३ जना मात्र अतिरित्त खेलाडी राख्न पाउने ब्यवस्था गरेको आयोजक समितिका संयोजक दान बहादुर दर्लामीले जानकारी दिनु भएको छ ।

प्रतियोगितामा प्रर्थम हुने समुहले ५० हजार नगद,सिल,प्रमाण–पत्र र मेडल पाउने छ भने द्धितिय हुने समुहले ३० हजार नगद,सिल,प्रमाण–पत्र र मेडल पाउने छ । त्यसैगरी तृतीय हुने समुहले ५० हजार नगद,सिल,प्रमाण–पत्र र मेडल पाउने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.