sunwal

एमसीसीको कारण गठबन्धन नटुट्ने ःसमाजबादीका अध्यक्ष यादव

21

गौरीशंकर जयसवाल

परासी १४ पुस
जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमसीसीको कारण गठबन्धन नटुट्ने बताएका छन । जनता समाजबादी पार्टी नेपाल जिल्ला समिती पश्चिम नवलपरासीले परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले एमसीसी पास गर्न पार्टी र गठबन्धनभित्र छलफल चलिरहेको बताउदै बाहिर जे जस्तो उठेका कुराहरुको बिषयमा छलफल गरी र बिज्ञहरुको सुझवा लिएर एमसीसी पास गर्ने दाबी गरे ।

उनले भने एमसीसी पास गर्नको निम्ती गठबन्धनभित्रै बाट तीन सदस्यीय कार्यदल बनेको छ कार्यदल सुझवा र प्रतिबेदनको आधारमा एमसीसी पास हुने तर्क गरे । प्रमुख राजनिती शक्तिहरुको सहमतिको आधारमा एमसीसी बिषय आगाडी बढाउन जरुरी रहेको यादवले बताए ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले राष्टको अनुकुल र राष्टिय सहमतिको आधारमा एमसीसी आगाडी बढ्नुपर्छ भन्दै राष्टको बिकास समृद्धी र राष्टको नाम सबै दल एकजुट हुन जरुरी रहेको बताए । एमसीसी सासदबाट पास गर्ने बिषय नै होईन एमसीसीको क्यबेनिटबाट निर्णय गरेर कार्यन्वयन गर्ने बिषय भएको यादवको भनाई थियो ।

नेकपा एमाले गरेको सासद अवरुद्ध कुनै लक्ष्य प्राप्तिको लागि नभएर माधव नेपालसंग प्रतिशोध सादनको लागि भएको सासद अवरुद्ध गरेको बताए । यो एमाले गलत काम गरेको संसादीय लोकतन्त्रलाई नोक्सान पु–याउछ भन्दै सासद अवरुद्ध गरेर लाभ कसैको हुनेवाला छैन यादवले भने सासदलाई सुचारु गरे जनताको सरोकारका धेरै बिषय र बिद्येयकहरु सासद पेश रहेकोले पारीत गरेर आगाडीबढनु सबै राजतिनीक दल हित हुने नत कुनै ईच्छा प्रतिशोधने नोक्सान बाहेक कसैको नाफा नहुने औल्याए ।

स्थानियको चुनावको मिती बिषय सरकारले चाडै मितीको तोक्ने समेत यादवले बताए । मुलुकको सर्बसत्ता राष्ट्रिय एकता आखड्ता अधिकार प्राप्तिको लागि लडाई लड्दै आएको बताउदै मुलुकको सर्बसत्ता राष्ट्रिय एकता आखड्तजस्ता प्रतिकुल हुनहुदैन । संसदीइ प्रणाली र निर्वाचन प्रणाली परिर्वतन गर्न जरुरी रहेको बताउदै राज्यपुन संरचना परिर्वन गर्न र सात प्रदेश अव्याहारिक अबैज्ञानिक रहेको यादव तर्क गरे । जनता समाजबादी पार्टी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा भएको थियो ।