Sarawal sit lahar Notis

७५ प्रतिशत लागत अनुदानमा कृषि सामाग्रीहरु वितरण

0 18

बर्दघाट,पुष–४
बर्दघाट नगरपालिकाले नगरमा दर्ता भएका ब्यवसायिक पशुपालक किसानहरुलाई ७५ प्रतिशत लागत अनुदानमा कृषि सामाग्रीहरु वितरण गरेको छ । आज नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा एक कार्यक्रमको आयोजनागरी उक्त सामग्रीहरु वितरण गरीएको थियो ।

नगरमा दर्ता सुचिकृत भएका ब्यवसायिक पशुपालकहरुका लागि २२ थान छाटीकाट्ने मेसिन,एक पाङग्रे ठेलागाडा १ सय थान र काउम्याट ६० थान वितरण गरेको बर्दघाटनगरको पशु पंक्षी विकास शाखाका प्रमुख भरत लम्सालले जानकारी दिनु भएको छ । त्यसैगरी खनिज मिश्रण जनही ५ केजीका दरले करिव ५ सय किसानहरुलाई वितरण गर्ने लक्ष्य रहेको बर्दघाट नगरपालिकाको पशु पंक्षी विकास शाखाका प्रमुख भरत लम्सालले जानकारी दिनु भएको छ ।

पशु पंक्षी विकास शाखाका पशु प्राविधिक अभिशेक लामिछानेको संचालनमा भएको वितरण कार्यक्रममा उप प्रमुख माया देवि पौडेल,वडा नं ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.