गाैरीशंकर जयसवाल
परासी ३ पुस
घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दुई दिने अभिमुखिकारण कार्यक्रम आजदेखी रामग्राम नगरपालिकामा सुरू भएकाे छ । रामग्राम नगरपालिकाकाे सामाजिक सुरक्षा तथा पञ्जिकारण उपशाखाकाे आयाेजनामा जनप्रतिनिधि तथा वडाकार्यालयका कर्मचारी लागि लक्षित गरि घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दुई दिने अभिमुखिकारण कार्यक्रम गरिएकाे हाे ।
घटना दर्ता तथा सामाजिक सुरक्षा बिच समस्य ,व्यवहारिक रूपमा देखिएका जटिलता र ऐन दफाहरूकाे प्रष्टाउने उदेश्यले उक्त अभिमुखिकारण कार्यक्रम आयाेजना गरिएकाे रामग्राम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रूद्र प्रसाद रेग्मीले जानकारी दिए ।
कार्यक्रम नगरउपप्रमुख रम्भा कुवँरले पञ्जिकारण घटना दर्ताबारेमा काम गर्दा वडामा बधा रहेकाेले काम गर्दा कार्यबिधि नियामवाली रहि कार्य सम्पादन बताउनुभयाे ।काम गर्दा आईपर्ने बाधा अवराेधलाई कसरी सामाधान गर्न सकिने बिषयमा यस तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरेकी थिईन ।
काम गर्दा जनप्रतिनिधि वडा सचिवमा देखिएको मतभिन्नता र जटिलताकाे बारेमा राष्ट्रिय परिचायपत्र तथा पञ्जिकारण बिभागका सहायक निर्देशक युवराज कट्ठेलले प्रशिक्षण दिएका थिए ।व्यक्तिगत घटना दर्ता ,पञ्जिकारण र सामाजिक सुरक्षा र कानुनि जटिलतामा देखापरेका समस्य पञ्जिकारण सम्बन्धि व्यवस्था तथा सबै नागरिक जन्म दर्ता गर्नुपर्छ र जन्म दर्ता गर्दा किसिम नेपाली भए बिदेशि भए बिदेशि लेखेर जन्म दर्ता बनाउनु बिषयमा वडासचिवहरूलाई जनकारी दिए ।
कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी जाेरासिह माझीले वडा सचिवहरूलाई नागरिकताकाे सिफारिस दिर्दाँ आवश्यक कागजपत्र केलाएर मात्र सिफारिस दिन जानकारी दिदै जातीय सम्बन्धी सिफारिस प्रमाणिात बिशेष ध्यान दिएर काम गर्न सुझाव दिए ।वडाबाट आएका कुनै पनि सिफारिस अप्ठ्यारो तरिकाले आउदाँ सेवाग्राहीले दुख पाउने गरेकाे भन्दै पहिला आवश्यक कागजपत्र हेरेर सिफारिस पठाउनुपर्ने जाेड दिएका थिए ।
रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रूद्र प्रसाद रेग्मीले सामाजिक सुरक्षा भत्ता सम्बन्धि ,नबिकारण सम्बन्धि मुत्यु भएका व्यक्ति नबिकारण गर्दा पहिचान गरेर मात्र गर्नु्पने प्रशिक्षण दिएकाे रामग्राम नगरपालिका लेखा अधिकृत संजय कुमार शर्माले बताए ।
दुई दिन सम्म चल्ने कार्यक्रममा रामग्राम नगरपालिका १८ वटै वडाअध्यक्ष,१८ कार्यपालिका सदस्य ,वटै वडा सचिव नगरपालिका भित्र रहेका शाखा प्रमुखहरू गरि ६० जनाकाे सहभागीता रहेकाे सामाजिक सुरक्षा तथा पञ्जिकारण उपशाखाकी प्रमुख निर्मला प्रजापतिले जानकारी दिईन ।
