सुनवल,मंसीर–२६
राष्ट्रिय जनमोर्चा नवलपरासीले सुनवल चोकमा एम.सि.सि.विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरको छ । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष रेम रानाले मिलियम च्यालेन्ज कर्पोरेसन ईन्डो पेसिफिक स्ट्याटेजिको अभिन्न अङ्ग भएकोले मुलुकलाई अमेरिकी सैने रणनीतिको चङ्गुलमा फसाएर जवर्जस्ति साम्राज्यवादी युद्धमा धकेल्ने योजना साथ आएको बताउनु भएके थियो ।
उहांले नेपाली जनताले एम.सि.सि.को विरोध गर्नु पर्ने र स्वतन्त्र मुलुकको रुपमा देशको अस्तित्व कायम राख्न सबै एक भएर लाग्नु पर्ने जरुरी रहेको बताउनु भएको थियो ।
विरोध कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी मसाल नवलपरासी जिल्ला प्रवक्ता धनपति सापकोटा , अखिल नेपाल किसान महासंघ नवलपरासी जिल्ला अध्यक्ष जितबहादुर पौडेल लगाएतले बोल्दै एम.सि.सि.राष्ट्रिय हित विरुद्ध रहेकोले यसलाई खारेज गर्नुपर्नेमा जोडदिनु भएको थियो ।
विरोध कार्यक्रम राष्ट्रिय जनमोर्चा नवपरासी जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीको अध्यक्षता र तिलक प्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।