Sarawal sit lahar Notis

सामाजिक बहिष्करण प्रभाव न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

0 113

गौरीशंकर जयसवाल

परासी २४ मंसिर

आप्रवाशन असर, तथा प्रभाव साथै आप्रवासी कामदारहरुलाई सामाजिक बहिष्करण प्रभाव न्युनिकरण सम्बन्धी सामाजिक अगुवाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार र स्वीस सरकार बीचको द्धिपक्षीय सम्झौता अनुसार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोग एवम ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरको द्धारा सञ्चालित सुरक्षित आप्रवासन सामीको आयोजनामा उक्त कार्यक्रम आज रामग्राम नगरपालिकाको हल परासीमा सम्पन्न भएको हो ।

ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरकी उपाध्यक्ष सबित्री पौडेलको अध्यक्षता तथा रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्याक्रम भएको कार्यक्रममा बोल्दै पछिल्लो समयमा बैदेशिक रोजगारीमा युवा वा अन्य व्यक्तिहरुको संख्या बृद्धि भएकोले यसलाई रोक्नको लागि स्थानिय स्तरमा रोजगारी सिर्जन गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले बैदेशीक रोजगारमा जानुभन्दा पहिला सिप सिकेर मात्र बैदेशीक रोजगारीमा जान युवाहरुलाई अग्रह गरेका थिए। नगरप्रमुख गुप्ताले बैदेशीक रोजगारबाटभौतिक रचना निमार्ण हुने गरेको र आर्थिक बृद्धि पनि हुने भएकोले सकेसम्म उत्पादनमा पनि लागानी गर्न जरुरी रहेको बताए ।

नवलपरासीमा उद्योगहरु धेरै उद्योगहरु स्थापना भएकोले सकेसम्म युवायुवगतीहरुले अफानै देशमा रोजगारी गर्न जरुरी रहेको गुप्ताको भनाई थियो । बैदेशीक रोजगारीबाट फर्केको महिलाहरुप्रति सकरात्मक सोचका साथ हेर्न र समाजमा सकरात्मक सोचका साथ हेर्न पनि जरुरी रहेको बताए ।

मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीले बैदेशीक रोजगारीकारणले महिलाहरु धेरै बिभेद लक्ष्न भोग्नु परेको बताउदै यस्ता बिभेद लक्ष्न सामजबाट हटाउन जरुरी देखीएको बताए । परियोजनाले बैदेशीक रोजगारीबाट फर्केर आउने व्यक्तिहरुलाई निशूल्क परामर्श समेत दिदै आएको भन्दै निशुल्क तालिम मनोसामाजिक सेवा दिदै आएको जानकारी गराएका थिए ।

सामि परियोजनाका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारीले सामाजिक लागत, सामाजिक लानछाना र भेदभावका वारेमा सहजीकरण गरेका थिए कार्यक्रमा कार्यपालिका सदस्य बिभिन्न क्षेत्रका सामाजिक अगुवाहरुको उपस्थित रहेको सामीमा मनोपरामर्शदाता सुमित्रा चौधरीले जानकारी दिईन ।

Leave A Reply

Your email address will not be published.