Sarawal sit lahar Notis

वलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजे ः नेता मेटमणी चौधरी 

0 73

गौरीशंकर जयसवाल

परासी १५  मंसिर

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीेले केपी ओली ससंद र कम्युनिस्टको हत्यारा भएको वताएका छन । पार्टीको नवलपरासी जिल्ला भेला तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले दुई दुई पटक ससंदको विघटन गर्दै कम्युनिस्ट आन्दोलन समाप्त पार्ने काम गरेकाले केपी वली ससंदसङै कम्युनिस्ट पार्टीको हत्यारा भएको दावी गरे । उनले २००६ सालमा ४ जनाले दर्ता गरेको कम्युनिस्ट पार्टी २०७४ सालमा दुईतिहाई नजिक पुगेपछि दलाल पुजीवादीहरुसगँ मिलेर ओलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाए ।

आगामी निर्वाचनमा केपी वली कम्पनीले मत माग्ने अधिकार समेत गुमाएको चौधरीले वताए । जनताले दिएको दुईतिहाई नजिकको जनमतलाई कुल्चेर २ पटक संसदको विघटन गर्ने अ‍ोली कम्पनीले आगामि निर्वाचनमा पनि भोट दिनुस हामी ससंद विघटन गरेर देखाउछौ भनेर भोट माग्न आउलान त उनले प्रश्न गरे ।

उनलेओलीले कम्पनीले चुनाव चिन्हले पहिलो पाटी वन्ने सपना सपनामै सिमित हुने बताए । चिन्हले पहिलो पाटी वन्ने भए नेपाली काङ्ग्रेस सधै पहिलो पाटी हुनुपर्ने हो उनले भनेञ किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पाटीहरु पहिलो भए,के निर्वाचनमा चिन्हको कारण होत ।

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चौधरीले केपी शर्मा ओलीमा  राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत विश्वासी, केन्द्रीय सदस्य बृहस्पति अधिकारी , जिल्ला सचिवालय सदस्य सरिता पौडेल युवा सघं केन्द्रीय सदस्य  प्रकाश भट्टराई लगायतले वोलेको पार्टीका जिल्ला सचिव कुमार आले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.