Jilla Ban Notis

बर्दघाटको एसमोडमा बस दुर्घट्ना हुदा १३ जना घाईते ।

0 23

कृष्ण ढकाल
बर्दघाट,मंसिर ९
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड अन्र्तगत एसमोडमा आज विहान लु १ ख ८१३८ नं. बस दुर्घट्ना हुदा १३ जना घाईते भएका छन् । घाईतेहरुको चिसापानी अस्पतालमा उपचार भैरहको छ ।
काठमाण्डौंवाट यात्रुलिएर महेशपुरकालागि आएको उक्त बस बर्दघाटको त्रिवेणी चोक भन्दा माथीको एस मोडमा दुघट्ना हुदा १३ जना यात्रु घाईते भएका हुन ।
घाईतेहरुको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले बताउनु भएको छ ।

घाईतेहरुको उपचारका लागि प्रहरीले आफ्नै भ्यानको प्रयोग गरी अस्पताल सम्म पुयएको प्रहरीले जनाएको छ । घाईतेहरु प्रायको हात,खुट्टा र टाउकोमा चोट लागेको छ । केहि घाईते यात्रुहरुको टाउकोमा चोट लागेका कारण उनीहरुको एक्सरे गर्नु पर्ने तर चिसापानी अस्पतालमा सो सेवा नभएकाले घाईतेहरुलाई एम्बुलेसमा राखेर स्थानिय संजिवनी हेल्थहोममा लगिएको छ ।

Leave A Reply

Your email address will not be published.