Sarawal sit lahar Notis

सामुदायिक वनहरुले दिगो वन व्यवस्थापलाई आत्मसाथ गर्नुपर्छ ः सचिव भण्डारी

0 49

रमेश भुसाल

सुनवल,मंशिर २
सामुदायिक वनहरुले दिगो वन व्यवस्थापलाई आत्मसाथ गर्नुपर्ने सामुदायिक वन उपभोत्ता महासंघ केन्द्रिय सचिव ठाकुर भण्डारीले बताउनुभएको छ। दिगो वन व्यवस्थापनमा वातावरणीय पक्ष, सामाजिक पक्ष र आर्थिक पक्षको संतुलन हुने भएकाले दिगो वन व्यवस्थापनको विधिनै उपयुक्त हुने सचिव भण्डारीको भनाई रहेको थियो ।
पश्चिम नवलपरासीको सुनवलमा सामुदायिक वन उपभोत्ता महासंघ पश्चिम नवलपरासीले अयोजना गरेको जिल्ला स्तरिय सामुदायिक वन उपभोत्ता समुह पदाधिकारी भेला तथा दिगो वन व्यवस्थापन विषयक कार्यक्रममा वोल्दै सचिव भण्डारीले लुम्विनी प्रदेशमा अन्र्तगका केहि जिल्ला डिभिजन वन कर्यालयका हाकिमहरु सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन विधि कायन्वयन गराई पहिलो देखि खाईपाई आएको परम्परालाई निरन्तरता दिन कम्मर कसेरै लागेको आरोप लागाउनुभयो । वैज्ञानिक वन व्यवस्थापनले वातावरणिय पक्ष र आर्थिक पक्षलाई समेत ध्वस्त पारेको उहाँको भनाई छ ।
अझै पनि लुम्विनी प्रदेशमा वैज्ञानिक वन व्यवस्थापन लागु गर्न लागी पर्नु दुखद विषय भएको सचिव भण्डारीले बताउनुभयो । यस तर्फ समयमै उपभोत्ता समुहहरु सचेत हुनु पर्नेमा उहाँको जोड रहेको छ ।

जिल्ला स्थित सामुदायिक वनका पदाधिकारीहरुलाई दिगो वन व्यवस्थापनका वारेमा स्पष्ट हुनका लागी कार्यक्रमको अयोजना गरेको सामुदायिक वन उपभोत्ता महासंघ पश्चिम नवलपरासीका अध्यक्ष कमल परियारले जानकारी दिनुभयो । सामुदायिक वनहरु वन विकास गुरु योजना २०४६, वन ऐन २०४९ र संसोधित वन ऐन २०७६ अन्तर्गत निति र विधिमा उपभोत्ता समुहहरु संचालन हुनुपर्नेमा अध्यक्ष परियारले जोड दिनुभयो ।
पछिल्लो समयमा समुहका केहि साथीहरु वैज्ञानिक वनको नाममा वनकर्मचारीहरुको इशारामा सामुदायिक वनको मर्म विपरित चल्न खोजेको भन्दै अध्यक्ष परियारले गलत वाटो तर्फ नजान उपभोत्ता समुहलाई आग्रह गर्नु भयो । फोकोफनको योगदानलाई अवमुल्यन गरि गलत भ्रम सृजना गर्न खोजिएमा त्यसको प्रतिरोध गर्दै महासंघको विरुद्ध लाग्नेहरुको भण्डाफोर गरिने समेत उहाँले वताउनुभयो ।

त्यस्तै सामुदायिक वन उपभोत्ता महासंघ जिल्ला उपाध्यक्ष दिलिप चापागाईले सामुदायिक वन उपभोत्ता महासंघ स्थापना देखिनै सामुदायिक वनहरुको हक हितको लागी निरन्तर रुपमा लागेको र विश्व माँझ सामुदायिक वनको देश भनेर चिनाउन सफल भएको वताउनुभयो । सामुदायिक वनहरु दिगो वन व्यवस्थापनमा तर्फ अग्रसर हुनुपर्ने समेत जोड दिदै उपाध्क्ष चापागाईले सामुदायिक वनको मुल्य ,मान्यता र आर्दशलाई आत्मसाथ गर्दै शुसासित र पारदर्शि ढंगबाट समुहहरु अगाडि वढ्नु बताउनुभयो । दिगो वन व्यवस्थपनको माध्यमबाट उपभोत्ता समुहहरुलाई अझ वढि अधिकार सम्पन्न गराउनको निम्ती महासंघ निरनतर संघर्षरत रहने उहाँको भनाई छ ।

उक्त पदाधिकारी भेला तथा छलफल कार्यक्रमा सामुदायिक वन उपभोत्ता महासंघ जिल्ला पश्चिम नवलपरासीका सल्लाहाकार तथा सुनवल नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्ण वहादुर शेन, वडा नम्वर ४ का जनप्रतिनिध वालकृष्ण पंगेनी, महासंघ प्रदेश सचिवालय सदस्य लक्ष्मि वरतौला लगाएतले आ आफ्नो धारण व्यक्त गर्नुभयो । त्यस्तै नगर महासंघ उपाध्यक्ष टिचन गुरुङ, सामुदायिक वन का पदाधिकारीहरुको तर्फबाट होम वहादुर गुरुङ, यज्ञ प्रसाद पाण्डे लगाएत वोल्नुभएको थियो । जिल्लामा ६३ वटा समुदायिक वन रहेको छ ।

Leave A Reply

Your email address will not be published.