Jilla Ban Notis

बिमा दाविभुक्तानी नदिएका कारण मारमा परेको किसानहरुको गुनासो ।

0 32

कृष्ण ढकाल
बर्दघाट ,मंसिर–१

बिमा कम्पनीहरुले बिमा दाविभुक्तानी नदिएका कारण आफुहरु मारमा परेको ब्यवसायिक किसानहरुले गुनासो गरेका छन। बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले नवलपरासीमा आज आयोजना गरेको बिमा समिति तथा बर्दघाट नगरपालिकाका विच स्थानिय तहसंग बिमा समिति बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागि ब्यवसायिक किसानहरुले उक्त गुनासो गरेका हुन ।

विषेशगरी निर्जिवन बीमा कम्पनीहरुले गरेको बिमामा बिमा दाविभुक्तानीको समस्या रहेको सरोकारवालाहरुको गुनासो रहेको थियो । बिमा कम्पनीहरुले कृषि तथा पशु पंक्षिहरुको विमा गर्न नमान्ने र गरीहाले पनि त्यसको विमा दावि भुक्तानी दिन आनाकानी गर्ने गरेको कृषकहरुको गुनासो रहेको थियो ।

बिमा समिति तथा बर्दघाट नगरपालिकाका विच स्थानिय तहसंग बिमा समिति बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले निर्जिवन बीमामा कामगर्ने कर्मचारीहरुलाई ईम्पावर गर्न जरुरी रहेकामा जोड दिनु भएको थियो । त्यसैगरी बीमा समितिका सहायक निर्देशक शम्भु प्रसाद मिश्राले अब विमा समिति र विमा कम्पनिहरुका सि.ओ.हरुसंग बसेर समस्याको समाधान गरीने बताउनु भएको थियो।

विमा कम्पनिहरुले भने शाखा कार्यालयहरुमा दक्ष कर्मचारी र प्राविधिकहरु नभएकै कारण बिमादावि कर्ताको भुक्तानीमा समस्या आएको बताएका थिए । नेपाल राज्य भित्र बीमा ब्यवसायलाई ब्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्नका लागि स्थापना भएको बिमा समितिले आफ्नो उद्देश्य अनुरुपको कार्य गर्न नसक्दा बिमा कम्पनीहरुले बिमा दाविभुक्तानी दिन आनाकानी गर्ने गरेको सहभागि सरोकारवालाहरुले बताएका थिए ।

बीमा समितिकी उप–निर्देशक लक्ष्मी ढकालको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उप प्रमुख माया देवि पौडेल लगाएत बर्दघाट नगरका वडाध्यक्षहरु,जिल्लाका बिमा कम्पनीका शाखाप्रमुख तथा प्रतिनिधिहरु,ब्यवसायिक किसान ,नगरका कर्मचारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

बिमा समितिका सहायक निर्देशक शम्भु प्रसाद मिश्राको संचालन रहेको कार्यक्रममा उप–निर्देशक निसा घिमिरेले बिमा समितिले गरेका कार्यहरु र त्यसको वर्तमान अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.