Sarawal sit lahar Notis

पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिको बिरोध

0 38

बर्दघाट २८ कार्तिक
नेकपा क्रान्तिकारी माओवादी जिल्ला समिति पश्चिम नवलपरासीले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिको बिरोध कार्यक्रम सम्पन्न् गरेको छ । बर्दघाट–९ भुताहाबजारमा आइतबार मुल्य वृद्धि विरुद्ध बिरोध कार्यक्रम गरिएको क्रान्तिकारी माओवादी प्रदेश सदस्य रवि पाण्डेय बताउनु भएको छ । पेट्रोल र ग्यासमा गरिएको मूल्य वृद्धिले सर्वसाधरण जनतालाई समस्यामा पारेको भन्दै नेकपा क्रान्तिकारी माओवादी जिल्ला समिति पश्चिम नवलपरासीले मुल्य तत्काल घटाउन मागगर्दे विरोध गरेको जनाएको छ ।

कार्यक्रम सो पार्टीका जिल्ला सेक्रेटरी छबिलाल खरेलको नेतृत्व र बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोख्रेलको संचालनमा भएको नगर सेक्रेटरी चुडामणि भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा पेट्रोलियम पद्धार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गर । भष्ट्रचारको अन्त्य गर लगायतका नाराबाजी गरिएको थियो । सो अवसरमा वोल्दै नेकपा क्रान्तिकारी माओवादीका युवा नेता रवि पाण्डेयले पटक पटक पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि गरिनु संसदीय ब्यवस्थाकै असफलता रहेको बताउनुभएको बताईएको छ ।
कार्यक्रम सो पार्टीका जिल्ला सेक्रेटरी छबिलाल खरेलको नेतृत्व र बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोख्रेलको संचालनमा भएको नगर सेक्रेटरी चुडामणि भण्डारीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.