कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२७
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं। १ ले प्रतिनिधि छनौट गर्ने कार्य सम्पन्न् गरेको छ । क्षेत्र नं. १ वाट दिपेन्द्र कुमार अधिकारी ले १७१५ मत प्राप्तगरी दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट हुन भएको छ । त्यसैगरी धिरज शर्मा बस्यालले १४३२ मत, राम प्रसाद अर्यालले १२१० मत र बद्रीनाथ खनालले १०१५ प्राप्त गर्दे प्रतिनिधि छनौट हुन सफल हुनु भएको छ ।
त्यस्तै महिला तर्फवाट सरिता खनालले १०९४ मत र शिन्धु जलेशाले १०६२ मत प्राप्तगरी प्रतिनिधि छनौट हुन सफल हुनु भएको छ ।
महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन क्षेत्र नं। १ वाट २ महिला र ४ खुल्ला गरी ६ जना महाधिवेशन प्रतिनिधि छनौट गर्नु पर्नेमा महिला तर्फ ५ जना र खुल्लामा ११ जनाको उमेदवारी परेको थियो । भने निर्वाचन क्षेत्र १ वाट २२४६ मत खसेको थियो ।
उता निर्वाचन क्षेत्र नं। २ मा डोलराज भण्डारीले १२६७ ,थान प्रसाद गैरेले ९०७ मत, केशव भण्डारी ८८८ मत र लेखनाथ खरेलले ८१५ मत प्राप्तगरी प्रतिनिधि छनौट हुन सफल हुनु भएको छ । त्यस्तै महिला तर्फवाट बिमला अर्यालले १२९४ मत र लक्ष्मी क्षेत्रीले ७९८ प्राप्तगरी प्रतिनिधि छनौट हुन सफल हुनु भएको छ । निर्वाचन क्षेत्र २ वाट जम्मा २०५० मत खसेको थियो ।
दलिततर्फ भने जिल्लाबाट २ जना प्रतिनिधि चयन हुने प्रावधानअनुसार पार्टी अध्यक्ष तुलसी पासी र सदस्य राजु हरिजन निर्विरोध हुनु भएको छ ।