Holi care school

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध मसाल जुलुस

30

कार्तिक २६ भुमही
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले पेट्रोलिय पदार्थमा भएको मुल्यवृद्धिको बिरोधमा आज भुमहिमा मसाल जुलुस प्रर्दशन गरेको छ।

जुलुसमा मुल्य वृद्धि खारेज गर,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद,एमसिसि खारेज गर ,सुस्तामा नापजाँच बन्द गर,३ बुद्दे सहमति पुर्ण रूपमा लागू गर जस्ता नारा लगाउदै परासी रोडबाट भुमही चोकमा पुगि कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै युवा संगठन नेपाल पश्चिम नवलपरासीका संयोजक बिजयले पेट्रोलिय पदार्थको मुल्य वृद्धि जनजीवकाको बिषय भएको सम्पुर्ण जनताले बिरोध गर्नुपर्ने भएको बताए।

बिजयले दैनिक उपभोग्य बस्तुमा भएको मुल्यवृद्धिले आम जनतालाई ढाड सेक्ने काम भएकोले यथासिघ्र मुल्यवृद्धि घटाउन माग गरेका छन यद्यपि मुल्य वृद्धि घटाइएन भने जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने बताउदै पार्टीले आयोजना गरेको कार्तिक ३० गते नेपाल बन्दलाई सफल पार्न सम्पूर्ण व्यापारी यातायात व्यवसाय,शैक्षिक सस्था सहित सम्पुर्ण जनतालाई अपिल गरेका थिए।

सुस्तामा भएको भारतीय एसएसबिको नापजाँच र अमेरिकी सहयोग एमसिसिको खारेजी बिषयमा दबाब सिर्जना गर्न आग्रह गरेका थिए।कार्यक्रममा नेकपा नवलपरासीका जिम्मेवार नेताकार्यकर्ता सहित विद्यार्थी युवा मजदुर लगायत व्यापारी बुद्धिजीवी यातायात व्यवसायी लगायतको उपस्थित रहेको बर्दघाट नगर इन्चार्ज प्रतापले बताए।