Jilla Ban Notis

पश्चिम नवलपरासीमा थारु संग्रहालय भवनको उद्घाटन

0 54

गौरीशंकर जयसवाल

परासी १३ कार्तिक
पश्चिम नवलपरासीमा थारु संग्रहालय बनाउनको लागि थारु मिलन केन्द्र भवन निमार्ण गरिएको छ । जिल्लाको सरावल गाउँपालिकाको वडानं १ स्थित तुलसीनगरमा थारु संग्रहालय बनाउनको लागि थारु मिलन केन्द्र भवन निमार्ण गरिएको हो ।

थारु काल्यणकारी सभा नवलपरासीको नेतृत्वमा जिल्लामा पहिलो पटक थारु संग्रहालय निमार्ण गरिएको थारु काल्यणकारी सभा नवलपरासीले जनाएको छ ।

थारु काल्यणकारी सभा नवलपरासीको नेतृत्वमा उक्त मिलन केन्द्रको निमार्ण गरिएको थारु काल्यणकारी सभा नवलपरासीका सभापति मुन्द्रीक प्रसाद चौधरीले जानकरी दिए । थारु संग्रहालय बनाउनको लागि थारु मिलन केन्द्र भवनको आज एक कार्यक्रमको बिच पूर्व भूमि सुधारमन्त्री गोपाल दहित उद्घाटन गरेका हुन ।

उद्घाटन गदै पूर्वमन्त्री दहितले संग्रहालयमा थारुको पहिचान झल्किने खालको थारुको सामाग्री राखिने भएकोले थारुको पुराना संस्कृतीको जर्गान हुने बताए ।

भूमिसुधार मन्त्रलायको २५ लाख र श्रमदान थारु समुदायको चन्दा संकलन गरी कुल रु पचास लाखको लगातमा उक्त भवन निमार्ण गरिएको थारु काल्यणकारी सभाका सभापति चौधरीले बताए । उक्त संग्रहालयमा थारुहरुको पुराना संस्कृतीकको पहिचान झल्किने गरी थारुको चिज बस्तुहरु राखिने छ ।

थारु काल्यणकारी सभा सभापतिको अनुसार संग्रहालयमा थारुको पहिचान झल्किने गरी ढेकी,जता हलोजुवा,माछा मार्ने जालो,कोइन बेवा,धान राख्ने माटोको बखारी,(ढेहरी,)सेको ,ढकीय,थारुको पुराना घर पुराना मठमन्दिर,तस्बिर थारुहरुको भेषभुषा राखिने बताए ।

उनले अउँदो माघेसंक्रन्तिसम्म खिचडीमा संग्रहालयमा थारुहरु पहिचान झल्किने खालको चिजबस्तु पुरा राखिने बताए । संरावल गाउँपालिकाले संग्रहालयमा थारु समुदायको पहिचान झल्किने खालको सामाग्री खरिदको लागि रु पाँच लाख बजेट दिईएको गाउँपालिकाको अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए । कार्यक्रममा संरावल गाउँपािलकाकी उपाध्यक्ष उत्तम राय थारुका,युवा समाजसेबी नरेश चौधरी,सामुदायिक बन उपभोक्ता महासंघकी केन्द्रिय गिता चौधरी,लगायतले आ आफानो धारण राखेका थिए ।

Leave A Reply

Your email address will not be published.