Jilla Ban Notis

वडातह देखि एकभएर अघिबढ्न एमाले नेता बैजनाथ चौधरीको निर्देशन (भिडियो सहित)

नवलपरासी जिल्लाका निर्वाचित वडा अध्यक्षहरु

0 38

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–६
अबको निर्वाचनमा फेरी पनि नेकपा एमालेलाई तिनै तहमा पहिलो पार्टी बनाएर लैजाने गरी वडातह देखि एक भएर अघि बढ्न नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सह–ईन्चार्ज एवं नवलपरासी जिल्ला ईन्चार्ज बैजनाथ चौधरीले निर्देशन दिनु भएको छ । आज नेकपा एमाले बर्दघाटनगर वडाअधिबेशनहरुलाई सम्वोधन गर्ने क्रममा नेता चौधरीले उक्त कुरा बताउनु भएको हो ।
उहांले अबको निर्वाचनमा समाजवादी र माओवादी पार्टी बिलिन भएर जाने भएकाले फेरी पनि जनताको सेवाका लागि नेकपा एमालेको सरकारको विकल्प नरहेको बताउनु भएको थियो ।
नेता चौधरीले संघियता पछि भएको नेकपा एमालेको पहिलो विद्यान महाधिवेशन तथा वडा देखि केन्द्रीय कमिटि सम्मको अधिवेशनले नयां जुझारु नेतृत्व आउने बताउनु भयो ।
उहांले  मुलुकमै ठुलो पार्टी तथा बलियो र जिम्मेवार पार्टीका रुपमा रहेको नेकपाएमाले जनताको समृद्धिका लागि फेरी सरकार चलाउने समेत बताउनु भएको थियो ।

त्यस्तै नेकपा एमाले लुम्विनी प्रदेश सचिवालय सदस्य दिपेन्द्र कुमार अधिकारीले अहिले वडा देखि नगर सम्मको नेतृत्वले नै आगामी निर्वाचनमा सफलता हातपार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले बिचार गरेर नेतृत्वको जिम्मा लिनु पर्नेमा जोड दिनु भएको थियो । नेता अधिकारीले कार्तिक ९ गते हुने नगर अधिवेशन र कार्तिक १२ गते हुने केन्द्रीय कमीटिको महाधिवेशनले नेकपा एमालेको जुझारु टिम बन्नेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।

नेकपा (एमाले) बर्दघाट नगरको वडाकमिटीका निर्वाचित वडा अध्यक्षहरु ः–
वडा नम्वर १ मा राधा थापा
वडा नम्वर २ मा धन प्रसाद श्रेष्ठ ( डि.पि. )
वडा नम्वर ३ मा होम नाथ बस्याल
वडा नम्वर ४ मा शोभाकान्त कोईराला ( शिव )
वडा नम्वर ५ मा डिल बहादुर बर्मा
वडा नम्वर ६ मा प्रेम राज न्यौपाने
वडा नम्वर ७ मा नोशन सुवेदी
वडा नम्वर ८ मा पुरन थापा
वडा नम्वर ९ मा जागेश्वर भुषाल
वडा नम्वर १० मा हरिलाल श्रेष्ठ
वडा नम्वर ११ मा जय नारायण चौधरी
वडा नम्वर १२ मा निम प्रसाद बस्याल
वडा नम्वर १३ मा रेशमराज पाण्डे
वडा नम्वर १४ मा अमित ढुंगाना
वडा नम्वर १५ मा शोभाखर न्यौपाने र
वडा नम्वर १६ मा देउमान झेडी मगर

नेकपा (एमाले) सुनवल नगरको वडाकमिटीका निर्वाचित वडा अध्यक्षहरु ः–
वडा नम्वर १ मा मानबहादुर थापा
वडा नम्वर २ मा चुडामणी खनाल
वडा नम्वर ३ मा टेक बहादुर थापा
वडा नम्वर ४ मा बाल कृष्ण पंगेनी
वडा नम्वर ५ मा कृष्ण पौडेल क्षेत्री
वडा नम्वर ६ मा दिलिप चापागाई
वडा नम्वर ७ मा ….
वडा नम्वर ८ मा …..
वडा नम्वर ९ मा यम बहादुर थापा
वडा नम्वर १० मा दील बहादुर थापा
वडा नम्वर ११ मा धर्म भक्त भुषाल
वडा नम्वर १२ मा लुमकान्त भुषाल र
वडा नम्वर १३ मा खेमराज ढुङ्गाना

नेकपा (एमाले) रामग्राम नगरको वडाकमिटीका निर्वाचित वडा अध्यक्षहरु ः–
वडा नम्वर १ मा दिनेश यादव
वडा नम्वर २ मा विनोद श्रेष्ठ
वडा नम्वर ३ मा काशीराम ज्ञवाली
वडा नम्वर ४ मा निर्मल न्यौपाने
वडा नम्वर ५ मा रामलखन हरिजन
वडा नम्वर ६ मा भोला तेली
वडा नम्वर ७ मा जगवन्तलाल कोईरी
वडा नम्वर ८ मा रामचन्द्र यादव
वडा नम्वर ९ मा डाक्टर डफाली
वडा नम्वर १० मा भवानी शंकर चौधरी
वडा नम्वर ११ मा गणेश प्रसाद चौधरी
वडा नम्वर १२ मा सुवेश यादव
वडा नम्वर १३ मा कन्हैया यादव
वडा नम्वर १४ मा ईन्द्रेश गुप्ता
वडा नम्वर १५ मा विजेन्द्र कुमार यादव
वडा नम्वर १६ मा सन्जय शहानी
वडा नम्वर १७ मा रमेश गिरी र
वडा नम्वर १८ मा राजु आले

नेकपा (एमाले) सरावल गाउँपालिकाको वडाकमिटीका निर्वाचित वडा अध्यक्षहरु ः–

वडा नम्वर १ मा कृष्ण भुसाल
वडा नम्वर २ मा सन्जय मौर्य
वडा नम्वर ३ मा तुलसिराम ठाकुर
वडा नम्वर ४ मा सन्तराम साहानि
वडा नम्वर ५ मा विष्णु प्रसाद यादव
वडा नम्वर ६ मा ईसरायल हजाम नाउँ र
वडा नम्वर ७ मा ऋषिकेश मिश्रा

नेकपा (एमाले) सुस्ता गाउँपालिकाको वडाकमिटीका निर्वाचित वडा अध्यक्षहरु ः–

वडा नम्वर १ मा जनार्दन चौधरी
वडा नम्वर २ मा गोबिंद गैरै
वडा नम्वर ३ मा रामभुवन लोनिया
वडा नम्वर ४ मा धीरज गुरुङ र
वडा नम्वर ५ मा सीताराम गुप्ता

नेकपा (एमाले) प्रतापपुर गाउँपालिकाको वडाकमिटीका निर्वाचित वडा अध्यक्षहरु ः–

वडा नम्वर १ मा नसिंह यादव
वडा नम्वर २ मा राजु अधिकारी
वडा नम्वर ३ मा शमशेर मिया
वडा नम्वर ४ मा मकदिन मिया
वडा नम्वर ५ मा ……
वडा नम्वर ६ मा जयन्ती वरई
वडा नम्वर ७ मा …..
वडा नम्वर ८ मा अर्जुन बानिया र
वडा नम्वर ९ मा लालधारी चौधरी

नेकपा (एमाले) पाल्हिनन्दन गाउँपालिकाको वडाकमिटीका निर्वाचित वडा अध्यक्षहरु ः–

वडा नम्वर १ मा मुबारक अलि
वडा नम्वर २ मा जाकिर हुसेन
वडा नम्वर ३ मा शहिद मिया
वडा नम्वर ४ मा रामसेवक कुर्मी
वडा नम्वर ५ मा अभिषेक राव हरिजन र
वडा नम्वर ६ मा तहसिलदार पठान

Leave A Reply

Your email address will not be published.