kalika

नेपाली काँन्ग्रेस बर्दघाट वडानम्वर पाँचद्धारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न् ।

39

कृष्ण ढकाल
बर्दघाट,अशोज–२७
नेपाली काँन्ग्रेस बर्दघाट वडा नम्वर ५ ले विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर आज शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न् गरेको छ । वडा सभापति सुन्दर आचार्यको सभापतित्व र नेपाली काँन्ग्रेस जिल्ला समिति सदस्य विश्वप्रेम पाठकको प्रमुख आतिथ्यतामा उक्त शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न् भएको थियो ।

अधिवेशन भनेको नेतृत्व परिवर्तनको एउटा माध्याम मात्र हो भन्ने बुझेर पार्टीलाई कसरी मज्बुत बनाउन सकिन्छ भन्ने तर्फ सबै एक भएर लाग्नका लागि आग्रह गर्नु भएको थियो । उहांले नेपाली कान्ग्रेस आफ्नो निति र विधि विद्यान अनुसार चल्यो कि चलेन भन्नेकुरा पार्टीका जिम्मेवार नेताहरुले बुझन जरुरी रहेको समेत बताउनु भएको थियो ।

फरक प्रसंगमा नेता पाठकले अहिलेको ५ पार्टीको गठबन्धनको नेतृत्व गरेको नेपाली कान्ग्रेसको सरकारले केहि गल्ती गरेकोले पार्टी शंकाको धेरामा परेको बताउनु भएको थियो । गैरसांसद लाई मन्त्री बनाएर विवादमा आएको धारणा ब्यक्त गर्नु भएको थियो । उहांले हिजो नेपाली कान्ग्रेसलाई बचाएर राख्ने अग्रज नेताहरुलाई सम्मान गर्दै युवाहरुलाई सक्रिय बनाउनु पर्ने बताउनु भएको थियो ।

त्यसैगरी नेपाली काँन्ग्रेस बर्दघाट नगर सभापति दामोदर जि.सी.ले भर्खरै केहि दिनअधि पार्टीको आन्तरीक निर्वाचनमा आफुलाई नेपाली काँन्ग्रेस बर्दघाट नगरको जिम्मेवारी दिने सम्पूर्णमा आभार प्रकट गनु भएको थियो ।
उहांले अब नगरको पहिलो बैठकवाट नै नगरका सबैवडा सबिच र सह–सचिवहरुलाई पार्टी र जनवर्गीय संगठनहरुको अवस्था,माईन्युट लेखन तथा कार्यक्रम संचालन र पदिय मर्यादा क्रमका वारेमा जानकारी दिने गरी प्रशिक्षणात्मक कार्यक्रमको आयोजना गर्ने निर्णय नै आफ्नो पहिलो नगर बैठकको पहिलो एजेन्डा रहने जानकारी गराउनु भएको थियो ।

त्यस्तै नेपाली काँन्ग्रेसका निर्वतमान बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठले पार्टी भित्र साना तिना आन्तरीक प्रतिशप्रद्र्याहरु भैरहने बताउदै विगतका सबै कुरा विर्सेर अब सबै नेपाली काँन्ग्रेस पार्टीलाई मज्बुत बनाउने तर्फ केन्द्रीत हुन आफु कटीबद्ध रहेको बताउनु भएको थियो ।

नेपाली काँन्ग्रेस बर्दघाट वडा नम्वर ५ का वडा सचिव अर्जुन मरासीनीको संचालनमा भएको कार्यक्रममा नेपाली कान्ग्रेसका नेता क्या.मान बहादुर थापा,कमला तिवारी लगाएत वडानम्वर ५ का वडाध्यक्ष रेश्मीराज भट्टराई लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

सोही अवसरमा नेपाली काँन्ग्रेस बर्दघाट वडा नम्वर ५ ले स्व.अनिरुद्र शर्माको घरमा नेपाली काँन्ग्रेस वडा समितिको सम्पर्क कार्यालय स्थापना गरेको छ । त्यसैगरी नेपाली काँन्ग्रेस बर्दघाट वडा नम्वर ५ को सम्पर्क कार्यालय स्थापनासंगै आज बसेको वडा समितिको बैठकले कार्यालयसंगै रहेको डुम्रे परिवारको द्धरमा टिनको छानो लगाई दिने निर्णय गरेको वडा सभापति सुन्दर आचार्यले जानकारी गराउनु भएको छ ।
गरीव तथा अतिविपन्न परिवारका रुपमा रहेका निलकण्ठ डुम्रे र उहांकी श्रीमति पुतली डुम्रेको निधन पछि असाहयका रुपमा रहेका उहांका १ छोरा र ३ छोरी सानै रहेको रआम्दानीको कुनै स्रोत नभएकाले नेपाली काँन्ग्रेस बर्दघाट वडा नम्वर ५ डुम्रेपरिवारको घरमा टिनको छानो लगाईदिने निर्णय गरेको र त्यसकालागि ८ हजार रुपैयां समेत संकलन भैसकेको वडा सभापति आचार्यले जानकारी गराउनु भएको छ ।