Jilla Ban Notis

शुभकामना आदान प्रदान तथा संस्थाको कार्य प्रगतिको समिक्षा कार्यक्रम सम्पन्न् ।

0 50

कृष्ण ढकाल
बर्दघाट,असोज–२५
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आज विजया दशमी ,शुभ दिपावली एवं छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा संस्थाको कार्य प्रगतिको समिक्षा कार्यक्रम सम्पन्न् गरेको छ ।

संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता र बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले ८० प्रतिशत बर्दघाट नगरका नागरीकहरुले शुद्ध खानेपानी सहज रुपमा प्रयोग गर्न पाएको र अब आगामी वर्ष सम्म ९० प्रतिशतले शुद्ध खानेपानी प्रगोग गर्न पाउने गरी नगरपालिका लागि परेको जानकारी गराउनु भएको थियो ।

त्यस्तै बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेलले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जस्तै नगरका अन्य खानेपानी संस्थाहरुवाट पनि गुणस्तर पानी सहज रुपमा नगरवासीहरुलाई उपलब्ध गराउने लक्ष्यका साथ नगरपालिका अघि बढेको बताउनु भएको थियो ।

त्यसैगरी बर्दघाट नगरपालिका बडा नं. ४ का वडाध्यक्ष रबिन्द्र बिक्रम हमालले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था आफैमा नमुना संस्था भएको बताउनु भएको थियो । उहांले बर्दघाट नगरकै राजनितिलाई प्रभाव पार्न सक्ने नमुना संस्था भएकाले खानेपानी संस्थामा कसैले पनि गलत आसयले केहि नगरोस भनी कामना समेत गर्नु भएको थियो । कसैले गलत आसयले कार्य गरेमा संस्थाको कार्यगतिमा प्रभाव पर्न सक्ने उहांको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्र्दै ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले बर्दघाट क्ष्ँेत्रमा लागु औषधको कारोवार गर्ने र प्रयोग गर्नेहरुको विगबिघी रहेकाले सबै नगरवासीहरु बेलैमा सचेत हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो । उहांले अभिभावकहरु सचेत नहुदा सम्म प्रहरी एक्लैले केहि गर्न नसक्ने बताउनु भएको थियो । त्यसैगरी लुटपाट र चोरी तस्करीमा समेत बर्दघाट क्षेत्रका युवाहरु सक्रिए रहेको भेटीएकाले त्यसको अन्त्य गर्न प्रहरी र नागरीक एकभएर अभियानकै रुपमा लाग्न जरुरी रहेको बताउनु भएको थियो ।

संस्थाका उपाध्यक्ष दिपक लम्सालको स्वागत मन्तब्यवाट शुरु भएको उक्त कार्यक्रमा संस्थाका ब्यवस्थापक विष्णु भुषालले संस्थाले गरेका कार्य सम्पादनका वारेमा जानकारी गराउनु भएको थियो ।
गत आ.ब.मा १ करोड ३३ लाख ५३ हजार १ सय ५५ रुपैया बराबरको खानेपानी बिक्रि गर्न सफल सो संस्थाले गत आबमा २ सय १८ वटा धारा नयां जडान गरेको जानकारी गराईएको थियो । जस्मा ५४ वटा धारा किस्तामा र ५ वटा निःशुल्क जडान गरीएको कार्यक्रममा जानकारी गराईएको थियो ।
आज भएको शुभकामना आदान प्रदान तथा संस्थाको कार्य प्रगतिको समिक्षा कार्यक्रममा सिद्धि विलास हमाल,रुद्र प्रकास उपाध्यय,जगन्नाथ गहतराज,तारा थापा,चुडामणी भण्डारी,लेखनाथ न्यौपाने,तारा गौतम,गणेश पाण्डे लगाएतले आ–आफ्नो धनाईहरु राख्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव धन बहादुर गुरुङ्गले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.