Jilla Ban Notis

ग्रामीण साकोसको २८ औँ साधारणसभा सम्पन्न

0 28

बर्दघाट,असोज–२३

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट–४ पश्चिम नवलपरासीको २८ औँ वार्षीक साधारणसभा शनिबार बर्दघाट ७ जिमिरेभारमा रहेको संस्थाको प्राङगणमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी को प्रमुख आतिथ्यतामा उक्त सभा सम्पन्न् भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले राज्यको ३ खम्बे अर्थ निति अन्तर्गत सहकारी लाई पनि एउटा खम्बा मानेको हुदा सहकारीहरु निति विधि र नियममा संचालन हुन सके सहकारीका सदस्यहरुको जिवनस्तर उकासिने बताउदै सहकारीले सदस्यहरुको जिविकोपार्जनका लागी कृषि स्वरोजगार र व्यवसायिक वनाउन लाग्नु पर्ने र प्रदेश सरकार पनि यस तर्फ लागेको बताउनु भयो ।
त्यस्तै बर्दघाट नगरपालिका की उप प्रमुख माया देवी पौडेलले सहकार्य बाट नै सहकारी संचालन हुने र शेयर सदस्यको ईमान्दारिता बाट सहकारी उत्कृष्ट हुने बताउदै सहकारीले बिशेष गरी महिला लाई स्वावलम्बन बनाउन कार्यक्रमहरु ल्याउनुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा बिशेष अतिथि संस्थाका निवर्तमान अध्यक्ष एवं नगर प्रवक्ताा वार्ड नं. ४ का वार्ड सदस्य रविन्द्र बिक्रम हमालले बोल्दै शेयर सदस्यहरुको सहयोग र उत्कृष्ट नेतृत्वको कारणले सहकारी संस्था उत्कृष्ट बन्न सफल भएको बताउनुभयो ।

उहाँले प्रोब्सेन ब्राण्ड र एसियाली स्तरको व्राण्ड  ब्राण्ड पाउन सफल भएको भन्दै सहकारीलाई अझै उचाईमा पु्र्याउन जोड दिनुभयो । सभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष देवी अधिकारी, सस्थाको गत बर्षको आर्थिक प्रगति विवरण तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सस्थाकी सचिव राधा ढकाल, कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष मुरली कृष्ण खनाल र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा समयोजक बोध प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।
अवसरमा बिशेष अतिथि बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, वार्ड नं. ७ का वार्ड अध्यक्ष धु्रव थारु, पुर्व अध्यक्ष बसन्त कुमार रेग्मी, विभिन्न संघ संस्थाको तर्फ देखी बर्दघाट उघोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, शेयर सदस्य खगेश्वर चापागाई लगाएतले मन्तव्य राख्नु भएको थियो ।
नवलपरासी जिल्ला कार्य क्षेत्र रही बर्दघाट ७ मा केन्द्रिय कार्यालय रहेको ग्रामीण साकोसले कुल पुजी ७० करोड ९५ लाख १० हजार बराबरको आर्थिक आय ब्यय विवरण अन्र्तगत ४७ करोड ६१ लाख २१ हजार ऋण लगानी गरेको छ भने शेयर पुँजी रु सात करोड १० लाख ३९ हजार र बचत संकलन रु ५५ करोड सात लाख ३७ हजार गरेको र सस्थाले कुल १ करोड८० लाख ४३ लाख शुद्ध नाफा गर्न सफल भएको सहकारीमा हाल आठ हजार ४१९ जना शेयर सदस्य रहेका छन् ।
संस्थाले चार वर्षे रणनीति बनाई २५ हजार शेयर सदस्य बनाउने रणनीति लिएको र सोही अनुरुप कार्यक्रम अगाडी बढाएको छ । सो अवसरमा सस्थामा उत्कष्ट कारोबार गर्ने र कर्मचारीलाई विभिद्धन्न विधाका १५ जनालाई सम्मान समेत गरिएको थियो ।
सस्थाका उपाध्यक्ष सुरज केसीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव राधा ढकालले गर्नु भएको गर्नुभएको थियो । संस्थाले बर्दघाट नगरपलिकामा ४ सेवा केन्द्र बर्दघाट ४ बर्दघाट, बदृघाट १६ दाउन्ेदेवी बर्दघाट १२ जहदा र बर्दघाट ९ भुताहा बाट सेवा दिईरहेको संस्थाका व्यवस्थापक अन्नत पाण्डेले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.