Bardaghat notish

बर्दघाट नगर प्रमुख बस्याल बिरुद्ध नाराबाजी,अभिब्यक्ति फिर्ता लिदै माफि माग्नुपर्ने माग

195

कृष्ण ढकाल
बर्दघाट,असोज–२०
दिब्यज्योती बहुमुखी कयाम्पसमा अनेरास्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले दिएको अभिब्यक्ति प्रति नेपाली कांन्ग्रेस बर्दघाट नगर र नेपाल विद्यार्थी संघ ईकाई समिति दिब्यज्योती बहुमुखी क्याम्पसले आपत्ति जनाएका छन् ।

नगरको जिम्मेवार ब्यक्तिले कार्यक्रममा बोल्दा अरुलाई आंच आउनेगरी भाषा प्रयोग गर्नु आपत्तिजनक भएको भन्दै नेपाली कांन्ग्रेस बर्दघाट नगर र नेपाल विद्यार्थी संघ ईकाई समिति दिब्यज्योती बहुमुखी क्याम्पसले आज छुट्टा÷छुट्टै विज्ञप्ती जारीगरेका छन् । नगर सभापति दामोदर जि.सी. र ईकाई समितिका का.ब. सभापति शशी बि.कद्धारा जारी दुबै विज्ञप्तीमा नगर प्रमुखले आफुले दिएको अभिब्यक्ति फिर्ता लिदै माफि माग्नुपर्ने माग गरीएको छ ।

त्यसैगरी नेविसंघका विद्यार्थीहरुले नगर प्रमुख बस्यालको अभिब्यीक्त विरुद्ध बर्दघाट नगरपालिकाको कार्यालय अगाडीको मुल गेटमा गएर प्लेकार्ड तथा संगठनको झण्डाहरु लिएर नगर प्रमुख बस्याल विरुद्ध नाराहरु लगाएका थिए । नेविसंघका दुई प्यानलका विद्यार्थीहरु दुई छुट्ट छुट्टै विज्ञप्ती जारी गरेका थिए ।