Bardaghat Nagarpalika
Bidhuta Bitaran kendra Notice

आगामी चुनावमा एमाले नै पहिलो पार्टी हुनेछ : तुल बहादुर

Susta Gaupalika
0 360

सुस्ता,असोज १८
राष्ट्रिय युवा संघ सुस्ताको गाउँपालिका स्तरीय बृहत भेला सम्पन्न भएको छ । सुस्ता(३ मा भएको भेलाले सुस्ताका ५ वटै वडामा राष्ट्रिय युवा संघको वडा कमिटी गठन गरेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश संयोजक तुल बहादुर अधिकारी प्रमुख आतिथीका रुपमा आउनु भएको थियो ।
उहांले सो भेलालाई सम्बोधन गर्दै आगामी चुनावमा एमाले नै पहिलो पार्टी हुने र मुलुकको नेतृत्व गरेर देश विकास गर्ने दाबी गर्नु भएको थियो । अहिले परमादेशबाट बनेको वर्तमान देउवा सरकार र गठबन्धन स्वार्थको लागि बनेकाले यो सरकारले देश र जनताको हितमा कामै गर्न नसक्ने उहांले ठोकुवा गर्नुभयो ।
तीन महिना सम्म मन्त्रपरिषद विस्तार गर्न नसक्नु र प्रधानन्यायाधीशलाई पनि मन्त्रीको भागबन्डा गर्नुले यो सरकारको ओैचित्य छर्लङ्ग भएको उहाँले बताउनुभयो ।
सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले एमालेको नेतृत्व आएपछि सुस्ताको विकासले फड्को मारेको बताउनुभयो । राष्ट्रिय युवा संघ सुस्ता पालिका कमिटी अध्यक्ष कमल अमात्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष युवराज डुम्रे, एमाले सुस्ता पालिका अध्यक्ष ज्ञानप्रसाद पाठक९सन्तोष ०, युवा संघ केन्द्रीय सचिवालय सदस्य ईश्वर उपाध्याय,एमाले नेताहरु धन बहादुर गुरुङ,कृष्णलाल मुखिया लगायत ले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Pratappur Gaupalika
टिप्पणिहरु
Loading...