गौरीशंकर जयसवाल
परासी १५ असोज
दशै तिहारलाई लक्षित गरी जिल्ला बजार अनुगमन समिति पश्चिम नवलपरासीले बजार अनुगमनलाई तिब्रता दिईएको छ । दशै तिहारको बेलामा व्यापारीहरूले उपभोक्ता ठग्ने र कालो बजारी गर्ने गरेको भन्दै जिल्ला बजार अनुगमन समितीले बजार अनुगमनलाई तिब्रता दिईएको हो ।
जिल्लास्थित बजार अनुगम समिति,घरेलु तथा साना उद्योग कार्यालय ,उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनलय भैरहवा रूपन्देही र खाद्य गुण प्रबिधि तथा नियन्त्रण कार्यालयको संयुक्त टोलिले सदरमुकाम परासी बजार तथा सुनवल नगरपालिकाको मिष्ठान भण्डार र किराना पसलहरूमा अनुगमन गरिएको बजार निरीक्षण अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी गराउनु भएको छ । उहांका अनुसार अनुगमनको क्रममा अधिकाश मिष्ठान भण्डारहरूका मिठाईहरूमा माखा र किरा भेटिएको र उक्त मिठाईलाई नियन्त्रणमा लिई नष्ट गरिएको बताउनु भएको छ ।
अधिकाश मिष्ठान भण्डार पसलहरु अनुज्ञपत्र नलिएको पाईएकाले उक्त पसलहरूका संचालकलाई सात दिनभित्र अनुज्ञपत्र लिएरमात्र पसल संचालन गर्न निर्देशन दिईएको र अनिर्वाय मुल्य सुचि राख्न पनि निर्देशन दिएको माझी बताउनु भएको छ ।
त्यसैगरी टोलिले रामग्राम नगरपालिकामा रहेका दुई वटा पराउरोटी उद्योगमा समेत अनुगमन गरेको छ । उक्त उद्योगमा लेबल नलगाई बिक्री गर्न तयारी अवस्थामा लैजान लगेको पाउरोटिलाई नियन्त्रणमा लिई नष्ट गरिएको उद्योग बाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनलय भैरहवा रूपन्देहीका मीन प्रसाद गौतमले बताउनु भएको छ।
उहांका अनुसार पाउरोटी उद्योगमा बढी मात्रामा फोहर रहेकाले सरसफाई गरेर मात्र उद्योग संचालन गर्न निर्देशन दिईएको माझीले बताउनु भएको छ ।
मिष्ठान भण्डार पसलहरूका किचन र सामाग्रीहरु ाख्ने स्थान अति फोहर भेटिएकाले तत्काल सरसफाई गरेर मात्र पसल संचालन गर्न निर्देशन दिएको खाद्य गुण प्रबिधि तथा नियन्त्रण कार्यालयका खाद निरीक्षक दिपक कुमार यादवले बतानु भएको छ ।
संयुक्त बजारअनुगमन समितिले जिल्लाको रामग्राम र सुनवल नगरपालिकामा मिष्ठान भण्डार ,पाउरोटी उद्योग र किराना पसल गरि ९ वटा पसलहरूमा अनुगमन गर्दा करिब १लाख ५० हजार बराबराका सामानहरु नियन्त्रणमा लिईएको र नष्ट गरीएको बताईएको छ । नियन्त्रणमा लिईएका वस्तुहरुमा पाउरोटी अखाद्य बस्तु , मिठाईहरू नियन्त्रणमा लिई नष्ट गरिएको घरेलु तथा साना उधोग कार्यालयका मनोज कुमार चौधरीले जानकारी दिनु भएको छ ।
संयुक्त बजार अनुगमन समितिमा ,जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिहमाझी,घरेलु तथा साना उद्योग कार्यालय ,उद्योगकार्यालयका मनोज कुमार चौधरी, बाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनलय भैरहवा रूपन्देहीका मिनप्रसाद गौतम र खाद्य गुण प्रबिधि तथा नियन्त्रण कार्यालयका खाद्य निरीक्षक दिपक कुमार यादव,जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद पाण्डे रामग्राम उपभोक्त हित संरक्षण मंचका यामकुमारी सुवेदी,पत्रकार लगायतको सहभागिता रहेको थियो ।