Jilla Ban Notis

न्याय माग्दै काठमाडौँसम्म पैदल यात्रा

0 31

रामु भुसाल
बर्दघाट १३ असोज
नेपालगन्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीका लागि न्याय माग्दै हिँडेको पीडित र अधिकारकर्मीको टोली बुधबार लुम्बिनी प्रदेश पार गरि गण्डकी प्रदेश प्रवेश गरेको छ। दुई महिलाको शङ्कास्पद मृत्युबारे बाँके प्रहरीले अनुसन्धान नगरेको भन्दै नेपालगञ्जबाट सिंहदरबार घेराउ गर्न पैदलयात्रामा निस्किएका पीडित र अधिकारकर्मीको टोली मङ्गलबार लुम्बिनी प्रदेश को पुर्बी द्वार बर्दघाट आइपुगेका थियो।
‘हाम्रो आन्दोलन जारी छ , नेपालगन्जदेखि काठमाडौँसम्म पैदल यात्रा जारी छ । भन्दै अधिकारकर्मी रूबी खानकँे टोली बर्दघाट पुगेको बताएकी छन।
हत्याका दोषीहरूलाई पक्राउ गरी कारबाही गर्न तथा बाँकेका जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाहीको माग गर्दै राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको टोली पीडित परिवारसहित असोज १ गतेदेखि न्याय माग्दै काठमाडौँका लागि पैदलयात्रामा निस्केको हो।
पैदल मार्चको क्रममा नवौँ दिन लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पुगेको टोलीले शनिबार अपरान्ह ४ बजेदेखि मुख्यमन्त्री कार्यालयअगाडि लगातार तीन दिन धर्ना दिएको थियो । न्याय पाउने आश्वासन मात्र पाएको टोलीले ११ गतेदेखि पैदल मार्चलाई पुनः निरन्तरता दिएको अधिकारकर्मी रूबीले बताएकी छन् ।बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी गत ५ साउनमा मृत भेटिएकी थिइन् । झुण्डिएको अवस्थामा उनको शव घरमै भेटिएको थियो । उनी लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा शङ्कास्पद रहेको भन्दै प्रहरीलाई गुहारे पनि प्रहरीले अनुसन्धान नै नगरेर आत्महत्या भनिदिएको पीडित परिवारको आरोप छ ।


त्यस्तै, एकल महिला निर्मला कुर्मी गतवर्ष मङ्सिरमा बेपत्ता भइन् । १६ मङ्सिरमा स्थानीयले प्रहरीमा किटानी जाहेरी दिए । तर, प्रहरीले अनुसन्धान गरेन । अहिले उनको मृत्यु भइसकेको बताइएपछि यी दुई शङ्कास्पद मृत्युको गहिरो अनुसन्धानको माग गर्दै पीडित र अधिकारकर्मीले प्रदर्शन गरिरहेका छन् । ‘एकल महिला एकाएक बेपत्ता भइन् । खोजी गरिदिनुपर्‍यो भनेर अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दिँदासमेत प्रहरीले चासो देखाएन । दिनहुँ हिंसा भोगिरहेकी महिला मृत भेटिइन्, प्रहरी अनुसन्धान नै नगरी आत्महत्या भन्छ,’ अधिकारकर्मी खानले भनिन्, ‘यो देशमा सरकार छ कि छैन भनेर खोज्नका लागि हामी पैदल मार्चमा छौँ ।’ पैदल यात्रामा पीडित परिवारका सदस्यसहित १४ महिला छन् । मृतक नन्कुन्नीकी दिदी बिष्टा धोबी, बहिनी शिला र भाइ माताप्रसाद धोबी पनि मार्चमा छन् ।
मुख्यमन्त्री कार्यालयमा धर्ना दिँदा पनि माग पूरा नभएको बताउँदै अब सिंहदरबारमा धर्ना दिने आफूहरूको योजना रहेको नन्कुन्नीका भाइ माताप्रसाद धोबीले बताए । ‘मान्छेको ज्यान जाँदा पनि जिल्लाको प्रहरी र प्रशासनले सुनेन । त्यसैले हामी प्रधानमन्त्री, गृहमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन राजधानी हिँडेका छौँ,’ उनले भने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल भने आन्दोलनकारीका माग सम्बोधन भइसकेको बताउँछन् । निर्मला कुर्मीको अपहरणसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालय पेश गरेको र सरकारी वकिलले नै मुल्तबीमा राखेको उनले बताए ।टोलि लाई मंगलवार इन्द्रेणी सामाजिक बिकाश मन्च पन्चनगर ले खादा र पुस्प गुच्छा ले स्वागत गर्दै न्याय को आन्दोलन मा मंच को एक्यवद्धता रहेको मंच का कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदी ले बताउनु भयो।

Leave A Reply

Your email address will not be published.