Jilla Ban Notis

ग्रामीण बचत तथा ऋण सहकारीद्धारा महिला संयोजकहरुलाई प्रशिक्षण

0 26

सुनयना चौधरी
बर्दघाट,असोज–१२
ग्रामीण बचत तथा ऋण सहकारी संस्थाको महिला उपसमितिको आयोजनामा ग्रामीण सचेत महिला समुह संयोजकहरुलाई प्रशिक्षण गर्नुका साथै संस्थागत पोसाक र डायरी वितरण गरीएको छ ।
आज संस्थाको सभाहलमा एक कार्यक्रमका विच उक्त कार्यक्रम सम्पन्न् गरीएको हो ।
महिला उपसमितिकी संयोजक बसन्ती कुमारी थापाको अध्यक्षता र संस्थाका अध्यक्ष देवी प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष एवं संस्थाका सल्लाहकार रविन्द्र विक्रम हमाल को विशेष आतिथ्यतारहेको थियो ।
संस्थाले बर्दघाट नगरपालीकाको सम्पूर्ण वडालाई समेट्नेगरी नगर भित्र १९ वटा समुह गठन गरेको छ । जसअन्तर्गत १ सय २१ जना सदस्य रहेको संस्थाका अध्यक्ष देवि प्रसाद अधिकारीले बताउनु भएको छ । उहांले संस्था बलियो बनाउने काम कर्मचारीहरुको मिहनतले मात्र सम्भब रहेकाले कटिद्ध भएर लाग्न निर्देशन गर्नु भएको थियो । कर्मचारीहरुलाई कुनै निति,विधि र प्रविधिको सास्यन हुन नदिन संचालन समिति जवाफदेहि भएर लाग्ने समेत प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
कार्यक्रममा विशेष अतिथि एवं निर्वतमान अध्यक्ष तथा सल्लाहकार रविन्द्र विक्रम हमालले प्रशिक्षण सहितको मन्तव्य राख्नुभएको थियो । २८ जनाको उपस्थिती रहेको कार्यक्रममा संस्थाकी सचिव राधा ढकाल र कोषाध्यक्ष मुरलीकृष्ण खनाल ले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाकी बचत तथा सदस्य सेवा अधिकृत सुनयना चौधरी ले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.