Bardaghat Nagarpalika
Bidhuta Bitaran kendra Notice
Qaliti Almuniyam Bardaghat

नेपाली काङ्ग्रेस नवलपरासीको ४ स्थानमा खनाल समुह र २ स्थानमा कंडेल समुह निर्वाचीत

Susta Gaupalika
0 1,485

कृष्ण ढकाल
बर्दघाट,असोज–१०
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत नवलपरासीका धेरैजसो स्थानितहमा खनाल समुहले सफलता हात पारेको छ । अहिले सम्मको परिणाम अनुसार नेपाली काङ्ग्रेस नवलपरासीको ४ स्थानमा खनाल समुह र २ स्थानमा कंडेल समुह निर्वाचीत भएका छन ।

बर्दघाट नगरपालिकामा खनाल समुहका दामोदर जिसि नेतृत्वको प्यानल बिजय भएको छ। जि.सीले आफ्ना प्रतिस्पर्धी नेता शम्भुलाल श्रेष्ठलाई ५८ मतले पछि पार्दै जि.सि .नगर सभापतिमा बिजयि हुनु भएको छ ।
कुल ३ सय २८ मत मध्ये दामोदर जिसिले १ सय ९३ मत प्राप्त गर्नु भएको छ भने शम्भुलाल श्रेष्ठले १ सय ३५ मत प्राप्त गर्नु भएको छ ।
नगर उप–सभापतिमा मन्जु शर्मा चालिसेले १ सय ९१मत र होमराज कुवर १ सय८६ मत, सचिवमा कृष्ण प्रसाद काफ्लेले १ सय ८७ मत र हेम बहादुर क्षेत्रीले १ सय८५ मत प्राप्त रि बिजयी हुनु भएको छ । त्यसै गरि सह(सचीवमा फणेन्द्र चौधरीले १ सय ९३ मत र रिना गौचन गुरुङले १ सय ९५ मतप्राप्तगरी बिजयी हुनु भएको छ ।

अर्का कंडेल समुहका शम्भुलाल श्रेष्ठको प्यानलका उपसभापति पदका उमेदवार अर्जुन कुमार क्षेत्रीले १ सय ४० मत ,गणेश कुमार पौडेलले १ सय१३ मत प्राप्त गर्नु भएको छ भने सचीव पदका उमेदवार केदार चौधरीले १ सय ४७ मत र सुर्य प्रसाद पाण्डेले १ सय १५ मत प्राप्त गर्नु भएको छ । यस्तै सह–सचिवमा नहिन्द्र बहादुर क्षेत्रीले १ सय १३ मत र मिना बुढाथोकिले १ सय २५ मत प्राप्त गर्नु भएको छ ।

उता
सुनवलमा पनि खनाल समुहका सोमबहादुर रायमाझी ९पप्पु० विजयी हुनुभएको छ । उहांले आफ्ना प्रत्यासी खेमराज पाण्डेलाई सय २७ मतले पछि पार्दै रायमाझी विजयी हुनु भएको हो । रायमाझीले १ सय ७६ मत प्राप्त गर्नु भएको थियो भने पाण्डेले ४९ मत प्राप्त गर्नु भएको थियो ।
उपसभापतिमा रायमाझी प्यानलकै नेत्रप्रसाद भट्टराई र रमेश कर्माचार्य, सचिवमा ओमप्रकाश बाह्रघरे र कुलानन्द पाण्डे ९कृष्ण० , सहसचिवमा गंगाधर चापागाईं र सरस्वती थापा क्षेत्री निर्वाचित हुनुभएको नेपाली कांग्रेसले जनाएको छ ।

सुस्ता र प्रतापपुरमा भने नेपाली कांग्रेसको नेतृत्व निर्विरोध भएको छ ।

सुस्तामा नेपाली कांग्रेसको सभापतिमा रविन्द्र कुमार बनियाँ निर्विरोध हुनु भएको छ भने उपसभापतिमा नारायण पाण्डे, सचिव खुल्ला र समावेशिमा नारायण भण्डारी र अनिल कुमार महतो, सहसचिवमा विधाता अहिर र जितेन्द्र कुमार थारु निर्विरोध भएका छन् । यस्तै पाँच वडामा एक जना महिला सदस्य सहित ३र३ जना प्रतिनिधि निर्विरोध भएका छन् ।

यस्तै प्रतापपुरमा पनि नेपाली कांग्रेसको सभापतिमा ज्ञानेन्द्र कुमार पंजियार निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै उपसभापतिद्धयमा नाथुराम क्षेत्रि र राजु प्रसाद अधिकारी, सचिवमा दिनेश उपाध्याय र कमलेश कुमार गुप्त, सहसचिवमा निवास यादव र राजु धोवि निर्विरोध हुनु भएको छ ।

यता
सरावलको नेपाली कांग्रेसमा कण्डेल पक्षका विनोद पाण्डे विजयी हुनु भएको छ । उहाँले आफ्ना प्रतिस्प्रधि ईन्द्रबहादुर चौधरीलाई ३६ मतले पछि पार्दै आफु विजयी हुनु भएको हो । पाण्डेले ७६ र चौधरीको ४० मत प्राप्त गर्नु भएको थियो। सरावलमा १ सय १७ मत मध्ये १ सय१६ मत खसेको थियो । त्यसैगरी उपसभापतिमा महेन्द्र चौधरी र शिवलाल तिवारी,सचिवमा सञ्जय चौधरी र राजु यादव, सहसचिवमा रिता कुमारी चौधरी र फिरोज खान निर्वाचित हुनुभएको छ । सरावलमा कण्डेल पक्षको प्यानल नै विजयी भएको छ ।

त्यसैगरी पाल्हिनन्दनको नेपाली कांग्रेसमा कण्डेल पक्षका हरिहर चौहानको प्यानल विजयि भएको छ । चौहानले ५७ मतले आफ्ना प्रतिष्प्रधि गुड्डु गुप्तालाई पछिपार्दै आफु विजयी हुनु भएको छ । चौहानले ७७ मत प्राप्त गर्नु भएको थियो भने गुड्डु गुप्ताले २० मत प्राप्त गर्नु भएको थियो । त्यस्तै उप सभापतिमा सादिया मुस्लमान र शिव कुमार रौनियार विजयी हुनु भएको छ। सचिवमा जितेन्द्र गुप्ता,शैलेस यादव र सह सचिवमा पन्नालाल केवट राजकुमारी थारु चैधरी विजयी हुनु भएको छ ।

 

Pratappur Gaupalika
टिप्पणिहरु
Loading...