Jilla Ban Notis

सुनवलमा निःशुल्क यातायात संचालन भएपछि स्थानिय र व्यापारीहरु खुसी

0 26

रमेश भुसाल

सुनवल ,असोज ८
दशै तिहार र छठ पर्वलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सुनवल देखि ८ कि.मि टाढा सुनवल वडा नम्वर ८ बैरागनाथ सम्म निशुल्क यायतायात संचालनमा आएको छ । उद्योग वाणिज्य संघ सुनवल , पाल्हि मध्ये नेपाल यातायात प्रा.लि र सुनवलका व्यापारीहरुको सहकार्यमा २ महिना सम्मको लागी धरमपुर गौडाखाल हुदै यातायात निशुल्क संचालनमा आएपछि स्थानियहरु खुसी भएका छन् । खास गरि सुनवल वडा नम्वर ७ र ८ का स्थानियहरु सुनवल चोक र नगरपालिका सम्म आइपुग्न रुपन्देहिको देवदेह नजिकै सुनवलकै ज्यामिरे हुदै दुई देखि तिन वटा सवारी साधन परिर्वतन गर्नु पर्ने बाध्यता हटेको भन्दै खुसी व्याक्त गरेका हुन् । त्यस्तै आजै देखि यातायात संचालनमा आएपछि व्यापारीहरु पनि उत्साहित भएका छन् । सुनवल ७ र ८ का स्थानिय र व्यापारिहरु रुपन्देहिमा नभई सुनवलमै आवद्ध हुनुपर्ने भन्दै यातायात संचालनले महत्वपुर्ण भुमिका खेल्ने व्यापारीहरुले बताएका छन् । आज बाट संचालनमा आएको यातायात सशुल्क वा निशुल्क जे भएपनि यसले निरन्तरता पाउनुपर्ने व्यापारीहरुको भनाई छ ।

दुई महिना यातायात निशुल्क संचालनमा सहकार्य गरी सेवा सुचारु गरेको मध्य नेपाल यातायात प्रा.लि ले यातायात संचलनबाट त्रिपक्षीय फाइदा हुने भन्दै स्थानियहरुले चाहाना र माग भए निरन्तर सेवा दिन तयार रहेको मध्य नेपाल यातायत प्रा.लिका कोषाध्यक्ष निर्मल चपागाईको भनाई छ ।

यता यातायात संचानमा अग्रणी भुमिका खेलेको उद्योग वाणिज्य संघले भौगोलिक रुपमा टाढा रहेको सुनवल ७ र ८ वडालाई सुनवल चोक संग जोड्नका लागी यातायात संचालन गरेको बताएको छ । जसले गर्दा सुनवलमा व्यापार व्यावसाय गर्न र नगरपालिकाको काम काज लाई समेत मध्यनजर गरेर निशुल्क यातायात संचालनमा ल्याएको उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यको भनाई छ ।

उद्योग वाणिज्य संघ सुनवल, मध्य नेपाल यातायात प्र.लि र सुनवलका व्यापारीहरुले सहकार्य गरी यातायात संचालन गरेपछि जनप्रतिनिधिहरु समेत खुसी भएका छन् । सुनवल ७ र ८ लाई मात्र नभई रामग्राम नगरपालीकाको १४ नम्वर वडालाई समेत सुविधा हुने भन्दै यस कर्याको निरन्तरताका लागी साथ सहयोग र सहकार्यमा प्रतिवद्ध रहेको सुनवल नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष निलकण्ठ गरैको भनाई छ । यातायात संचालनको लागी सुनवल ८ वैरागनाथ मा भएको औपचारिक कार्यक्रममको अध्यक्षता उद्योग वाणिज्य संघ सुनवलका सदस्य तथा व्यावसायी तुल्सी तिवारीको रहेको थियो भने सुनवल नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष निलकण्ठ गैरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथि उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्या, पाल्हि मध्ये नेपाल यातायात प्रा.लिका कोषाध्यक्ष निर्मल चापागाई, देव गुरुङ, सानु वावु श्रेष्ठ, चुणा वहादुर थापा लगाएत स्थानियहरु, व्यापारीहरु को उपस्थीति रहेको थियो । कार्यक्रममा व्यावसायी कृष्ण ढकालको स्वागत मन्तब्य रहेको थियो भने व्यावसायी वासुदेव पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.