Holi asnjal makar GURU

नदीजन्य पदार्थ निकासीका लागी टेण्डर खोलेकोप्रति सामुदायिक वनले आपत्ति जनायो ।

27

बर्दघाट,असोज–५
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले बिना जानकारी आफ्नो वन क्षेत्रभित्र पर्ने नदीजन्य पदार्थ निकासीका लागी टेण्डर खोलेको भन्दै ससांरकोट हरियाली सामुदायिक वन उपभोक्ता समिति बर्दघाट १० भुताहाले आपत्ति जनाएको छ ।

सामुदायिक वनले मंगलबार बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाट, डिभिजन वन कार्यालय परासी, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय नवलपरासी र बर्दघाट नगरपालिकालाई ज्ञापनपत्र पत्र बुझाएको छ।

समितिले सामुदायिक वन क्षेत्र भित्र पर्ने भुताहा आमबास खोलालाई संरक्षण र रेखदेख गर्दै आइरहेको हुदा बर्दघाट नगरपालिकाले सामुदायिक वनलाई कुनै सुचना तथा जानकारी नै नगराई एकलौटी रुपले नदीजन्य पदार्थ निकासीका लागी टेण्डर खोलेको प्रति ससांरकोट हरियाली सामुदायिक वनले आपत्ति जनाएको हो ।

भुताहा आमबास खोलामा टेण्डर आह्वान गरेको र उक्त कार्यले वन क्षेत्रका गाउबस्ती, डुबान, कटान, बाढि पहिरो जस्ता प्राकृतिक प्रकोपका समस्याहरु आउनुका साथै पानीको सतह तलतिर जाने हुदा पानीको अभावले जंगली जनावर तथा सिचाईको लागी पनि पानीको चरम संकट उत्पन्न हुने र सो को असर दिर्घकालिन देखिन सक्ने कुरा ससांरकोट हरियाली सामुदायिक वनका अध्यक्ष कमल प्रसाद पराजुलीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।
समान हैसियत र क्षमता रहेका अन्य वनक्षेत्रका खोलाहरुको टेण्डर नहुने र आमबास भुताहा खोलामा मात्र टेण्डर हुनुले स्थानिय सरकारको रुपमा रहेको बर्दघाट नगरपालिकाले विभेदपुर्ण ब्यवहार गरेको त्यसक्षेत्रका आम उपभोक्ताहरु र सिंगो सामुदायिक वन समितिले महसुस गरीएको ज्ञापन पत्रमा उल्लेख गरीएको छ । ज्ञापनपत्रमा सो कार्यको विरोध जनाउदै टेण्डर प्रकृया तुरुन्त खारेज गर्न अनुरोध समेत गरियको छ ।