Sarawal sit lahar Notis

बाल नगर संजाल,सुनवलद्धारा बक्तृत्वकला तथा आविष्कार प्रर्दशनी कार्यक्रम सम्पन्न् ।

0 48

कृष्ण ढकाल
बर्दघाट,भदौ–२७
५७ औं राष्ट्रिय बालदिवसका अवसरमा आज नवलपरासीको सुनवलमा बक्तृत्वकला तथा आविष्कार प्रर्दशनी कार्यक्रम सम्पन्न् भएको छ ।
सुनवल नगर बाल संजालको आयोजना र सुनवल नगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सम्पन्न् भएको हो ।

बाल नगर संजाल,सुनवलका अध्यक्ष कृष्ण घिमिरेको अध्यक्षता र सुनवल नगर उप प्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिताको समुद्घाटन गरीएको थियो ।
प्रतियोगिताको समुद्घाटन कार्यक्रममा बोल्दै नगर उप प्रमुख अर्यालले नेपालको पहिलो बालमैत्री नगरपालिका सुनवल नगरपालिकाले सुनवल नगरलाई बालमैत्री नगरका रुपमा निरन्तरता दिन सदैब गम्भीर भएर लागेको बताउनु भएको थियो । उहांले अहिले सम्म नेपालका विभिनन स्थानहरुवाट बालमैत्री नगरको अध्ययन अनुगमनका लागि करिव २ सय बढी टोलीहरुले बालमैत्री मुकामका रुपमा अध्ययन अवलोकन भ्रमणका लागि आएको जानकारी गराउनु भएके थियो ।
त्यसैगरी नगरका हरेक संरचनाहरु बालमैत्री बनाउने देखि हरेक प्रकारका नितिगत कार्यहरु निर्माणगर्दा बाल क्लवहरुसंग सहकार्य गर्ने गरेको बताउनु भएको थियो ।

आज भएको बक्तृत्वकला प्रतियोगितामा सुनवल नगरका १४ वटा माबि तहका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । १ सय ५० पूर्णङ्क रहेको ६ मिनेट सम्मको समय निर्धारण गरीएको प्रतियोगितामा १ सय १८ आंक प्राप्तगरी सम्झना सुवेदी प्रर्थम हुन सफल भएक्ी छन भने ९७ अंक प्राप्तगरी सैलेन्द्र गौडेल द्धितीय हुन सपल भएकी छन् । त्यसैगरी ९३ दशमलब ५ अंक प्राप्तगरी दिलीप थापा तृतीय भएका छन भने ८३ दशमलब ५ अंक प्राप्तगरी संजय तिवारी सान्तोना हुन सफल भएको निर्णय समितिका संयोजक हरिदत्त शर्माले बताउनु भएको छ ।

सोमनाथ मा।वि। सुनवल ( १ सोमनाथमा भएको बक्तृत्वकला तथा आविष्कार प्रर्दशनी कार्यक्रममा ब्यक्तिगत रुपमा तयार पारिएको विज्ञान प्रर्दशनीमा बिश्वास मल्ल प्रथम,सन्देश चापागाई द्धितिय,सुरुची अधिकारी तृतीय र विद्यान गैरे सान्तोना हुनु भएकोछ ।

 

Leave A Reply

Your email address will not be published.