Jilla Ban Notis

नेपाल बाल संगठन नवलपरासीद्धारा कबिता प्रतियोगितामा सम्पन्न

0 231

गौरीशंकर जयसवाल / माधब प्रसाद घिमिरे
परासी २९ भदौ
राष्ट्रिय बाल दिवस २०७८कोअवसरमा नवलपरासी जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बाल सगठनको आयोजनामा नवलपरासी जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगिता सम्पन्न भएको हो ।

सामान्य अवस्था र कोभिड महामारी बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी भन्ने नाराको साथ सम्पन्न भएको कविता प्रतियोगितामा महाकबिदेव कोटा मावि सुनवलकी सरिन भण्डारी प्रथम अन्नपूर्ण सेकेन्डरी स्कुल सुनवलकी रिषा भट्टराई द्वितीय र राजामहात्मा पूर्ण भद्र माबि बर्दघाटकी आरति पाण्डे तृतीय भएको बाल संगठनका जिल्ला सभापति पृत्तम पौडेलले बताउनु भएको छ ।

प्रतियोगिता कोरोना संक्रमण र बालबालिकाको भोगाई बिषयकमा केन्दीत रहेकोले सोही विषयमा बिधार्थिहरूले कविता बाचन गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई पाँचहजार,प्रमाणपत्र शिल्ड,द्वितीय तीन हजार प्रमाणपत्र शिल्ड र तृतियलाई दुईहजार प्रमाणपत्र शिल्ड पुरस्कार बितरण गरिएको संगठनका सचिव मोहन पौडेलले जानकारी दिनु भएको छ ।

जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगितामा जिल्लाका १३ मावि तहका बिधालयबाट बिधार्थीहरूको सहभागिता रहेको सदस्य शर्मिला पौडेलले जानकारी दिनुभएको छ । नेपाल बाल संगठनका सभापति पृतम पौडेलको सभापतितब तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगिता सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.