Jilla Ban Notis

माधब नेपालले एमाले छाडेको औचित्य पुस्टी गर्न समेत नसकेको बिश्वकर्माकाे भनाई

0 45

गाैरीशंकर जयसवाल
परासी २९ भदौ
नेपाल कम्युनिष्ट पार्टी ( एमाले) का स्थायी कमीटी सदस्य छबिलाल बिश्वकर्माले जसरी पनि नेकपा एमालेलाई धरासायी र बिखण्डन गरी नेपालको कम्युनिष्ट आन्दोलन लाईनै छत,बिछद बनाउने काम माधब नेपालले गर्न खोजेको आरोप लगाएका छन ।
उनले नेकपा एमाले नवलपरासी पश्चिमले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गदै माधब नेपालले आफुले सम्मान नपाएका कारण कम्युनिष्ट आन्दोलाई नै सिध्याउन कसम खाएर नलागेको भए बिपक्ष दलको नेतालाई राष्ट्र प्रमुख बनाउने खेलमा गठबन्धन बनाएर लाग्नुको कुनै अर्थ नरहेको बताए ।
माधब नेपालले कम्युनिष्ट आन्दोलनमा डाक्टर केसरजंग रायमाझीले भन्दा पनि जघन्य अपराध गरेको उनले बताए । नेकपा एमाले का नेता तथा पूर्बमन्त्री बिश्वकर्माले माधन नेपालले अहीले सम्म पनि आफुले एमाले छाडेको औचित्य पुस्टी गर्न समेत नसकेको बताउदै नेपालले अहीले गरेको अपराध दिन,प्रति दिन खुल्दै जाने बताए ।
एमालेलाई गठबन्चन बनाएर समाप्त पार्न खोजिएको भए पनि अहीले पनि नेपालको राजनिति एमालेको ओरीपरी घुमीरहेको र एमाले बिना देश अगाडी बढ्ने नसक्ने बिश्वकर्माले दाबि गरे ।

तस्विरः माधब प्रसाद घिमिरे

कार्यक्रममा नेकपा एमाले का केन्द्रिय सदस्य तथा नवलपरासी इन्चार्ज बैजनाथ चौधरीले नेकपा एमाले को सरकारले तिन वर्षका गरेको बिकासको काम कसैले गर्न नसक्ने बताउदै एमालेले गरेको बिकासको काम जनताले देखेको बताए । लुम्बिनी प्रदेशका पुर्ब मन्त्री समेत रहेका चौधरीले एमालेको प्रदेश सरकारले नवलपरासीमा मात्र नभएर प्रदेशमा उत्कृष्ट काम गरेको र नवलपरासीमा बिगत ५० वर्षसम्म हुननसक्केा काम नेकपा एमाले नेतृत्वकाे सरकारले गरेकाे दाबि समेत गरे ।
नेकपा एमाले जिल्ला संयोजक तुल्सि पासीको अध्यक्षतामा भएको अगुवा कार्यबता भेलामा नेकपा एमाले का केन्द्रिय सदस्य दधिराम न्यौपाने , राष्टिय सभा सदस्य राम लखन हरीजन, प्रदेश सभा सदस्य दिपेन्द अधिकारी ,भगवति भन्डारी जेष्ट कम्युनिष्ट मन्चका खीमलाल पोखरेल , एमाले उप संयोजक डोलराज भन्डारी , जिल्ला सचिब थान प्रसाद गैरै , जिल्ला कमीटी सदस्य तथा वर्दघाट नगरप्रमुख धिरज शर्मा , एमाले नेता राजु हरीजन लगायतले सम्बोधन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.