Bardaghat Na pa

सेन्चुरी बैंकद्वारा बाढिपिडित घरपरिवारलाइ राहत बितरण

108

परासी, १९ भदौ
सेन्चुरी बैंकले नवलपरासीको १०० बाढी प्रभावित घरपरिवारलाइ राहत स्वरुप खाद्यान्न बितरण गरेको छ। सेन्चुरी कमर्सियल बैंक परासी शाखाले जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ का १०० प्रभावित घरधुरीलाई राहत पुगोस् भनी खाद्यान्न सामाग्री बितरण गरेको हो। भदौ ११ गते शुक्रबार अबिरल बर्षा कारण आएको बाढिले जिल्लाको सदरमुकाम परासी सङै जिल्लाको ७ वटै पालिकाका विभिन्न वडाहरु डुबानमा परि प्रभावित भएको थियो।

यस्तो बिपदका बेलामा सामाजिक क्षेत्र अग्रसर भै सेन्चुरी बैंक राहत बितरण गरि निकै मानवीय कार्य गरेको मह्सुस गरिएको छ। बैंकले बितरण गरेको राहत स्वरुप खाद्यान्नमा चामल १० किलो, दाल १ किलो, तेल आधा लिटर, नुन १ प्याकेट, सोयाबिन एक पाउ, आलु १ किलो, प्याज १ किलो रहेको बैंकका म्यानेजर सुनिल शर्माले जानकारी दिनु भयो।

उक्त राहत स्थानीय समाजसेबी रामानन्द तिवारीको अध्यक्षता तथा सेञ्चुरी कमर्सियल बैंक परासी शाखाको प्रमुख सुनिल शर्माको प्रमुख अतिथिकतामा बितरण गरिएको थियो। राहत भदौ १६ गते गापाको वडा ५ को गेरमी, भगतपुर्वा र गेर्माका पीडित प्ररिवारलाइ बितरण गरिएको थियो।

बाढी प्रभावित परिवारलाई राहत वितरण गर्दै शाखा प्रमुख शर्माले बाढीको दुर्गन्धित पानीबाट उत्पन्न हुने विभिन्न रोगहरुबाट बच्न र सरसफाईमा ध्यान दिन आग्रह गर्नु भयो। बैंकका म्यानेजर शर्माले आगामी दिनमा पनि यस्तो बिपदका बेलामा पीडित परिवारको सेवा बैंक हाजिर रह्ने र सामाजिक कार्यमा अग्रसर रह्नने जानकारी दिनु भयो। राहत पाएपछि पीडित परिवार खुशी भएका थिए।