Jilla Ban Notis

पुर्व–पश्चिम राजमार्ग तत्काल सुचारु गर्न प्रति प्रतिनिधी सभा सदस्य छविलाल विश्वकर्माको आग्रह

सुनवल तुरिया खोलामा वेलीव्रिज राख्ने तयारी

0 38

देवदह,भदौ १५
पुर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको एक हप्ता वितिसक्दा समेत सडक सुचारु हुन नसकेको प्रति प्रतिनिधी सभा सदस्य छविलाल विश्वकर्माले ध्यानाकर्षण भएको बताउनु भएको छ । देवदहको घोडाहा खोलाको पुल भासिएको लामो समय वित्दा समेत सरकारले सडक सुचारु गर्न नसक्नु लज्जाको विषय भएको उहाँले बताउनु भयो ।

भासिएको पुलको अवलोकन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य विश्वकर्माले सडकमा सवारी आवागमन ठप्प हुदा सर्वसाधारणको जनजीवन प्रभावित बनेको भन्दै त्यसलाई सरकारले तत्काल सहज बनाउनु पनमा जोड दिनु भयो ।

सडक डिभिजन कार्यालय वुटवलका प्राविधिक ईञ्जीनियरलाई समेत पुल अवलोकनमा सहभागी गराई उहाँले वैकल्पिक व्यवस्था गरि तत्काल यातायात सुचारु गराउन आग्रह गर्नु भएको थियो । यातायात सेवा ठप्प भएका कारण नागरिकलाई भएको असहजताको वारेमा ध्यान दिनु पर्नेमा जोड दिदै पुर्व मन्त्री विश्वकर्माले धेरै दिन सम्म यस्तै अवस्था रहे जनताको धैर्यताको वाँध टुटेर जान बताउनु भयो । उहाँले भन्नु भयो,जनतालाई सेवा र सुविधा दिनु राज्यको दायित्व हो तर यहाँ राज्यले जनतालाई सेवा र सुविधा होईन सास्ती मात्रै दिई रहेको छ ।

त्यसै गरी सोही अवसरमा वोल्दै नेकपा एमाले रुपन्देहीका ईञ्चार्ज दधिराम न्यौपानेले पुलको वैकल्पिक व्यवस्था गरेर आवागमनलाई सहज बनाउन समेत नसक्ने सरकारप्रति जनताको विश्वास नरहेको दावी गर्नु भयो । यतिका दिन वित्दा समेत सडक सुचारु गर्न नसक्नेहरुले देशको विकास गर्न सक्छन भन्ने कसरी विश्वास गर्न सकिन्छ रु उहाँले भन्नु भयो ।

सो अवसरमा सडक डिभिजिन कार्यालय ,वुटवलका ईञ्जीनियर अशोक पौडेलले वर्षात रोकिएको एक हप्तामा डाइभर्सन निर्माण गरि यातायात सुचारु गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो,सडक ठेक्का भई सकेको अवस्थामा यसको जिम्मेवारी ठेकेदार कम्पनीको भएकोले ठेकेदारसँग यस विषयमा छलफल भएको ईन्जीनियर पौडलले जानकारी दिनु भयो ।
पौडेलले घोडाहा खोलामा डाईभर्सन निर्माण गर्ने र सुनवल स्थित तुरिया खोलामा वेलीव्रिज राख्ने तयारी भएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.