Sarawal sit lahar Notis

सुनवल –१२को हर्कट्टा र भुमहीको सृजना टोलमा ८१ लाख बराबरको क्षती

0 31

कृष्ण ढकाल
बर्दघाट,भदौ–१३

लगात परेको पानीले सुनवल –१२ को हर्कट्टा र भुमही सृजना टोलमा पुराएको क्षतीका वारेमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सुनवल –१२ले आफ्नो तर्फवाट स्थलगत विवरण तयारगरी आफ्नो पार्टी कमिटिलाई बुझाएको छ ।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी ,जिल्ला सचिवालय सदस्य राजकुमार श्रेष्ठ र लेखनाथ खरेल मार्फत पार्टी कमिटिलाई राहत उपलब्ध गराउनका लागि स्थलगत प्रतिवेदन बुझाएको अनेरास्ववियु नवलपरासीका मदन सुवेदीले जानकारी दिनु भएको छ ।

त्यसैगरी सम्बन्धित निकायमा पार्टीको तर्फबाट पहल गरि पिडितहरुलाई राहत उपलब्ध गराउनुका साथै बाढीको दिर्घकालिन समाधान खोज्नका लागि पार्टीपंङ्तीलाई आग्रह गरीएको अनेरास्ववियु नवलपरासीका मदन सुवेदीले जानकारी दिनु भएको छ ।

बर्षेनी अनियन्त्रीत रुपमा खोलाजन्य पदार्थ निकासी गर्ने र गराउने गर्दा खोलाको बहाबक्ष्ँेत्र परिर्वतन हुनगै वस्तीमा बाढी पसेर क्षेती हुनेगरेकाले त्यस प्रति गम्भीर भएर लाग्न पनि आग्रह गरीएको सुवेदीले बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ र अनेरास्ववियु सुनवल –१२ ले तयार पारेको स्थलगत विवरण अनुसार हर्कट्टा र भुमही सृजना टोलमा कुल ६३ घर धुरी भन्दा धेरैमा प्रत्यक्ष क्षती भएको छ ।
जस्मा केही घर बगाएको र केही घरहरु पूर्ण रुपमा क्षती भएका छन भने ३७ घरहरु अति प्रभावित रहेको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सुनवल –१२ ले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
अति प्रभवित घर धुरिका १ सय १७ जना भन्दा धेरै सद्स्यहरुलाई ६३ हजार ५ सय रुपैया बराबरको खाधान्न ,पि फम ,तन्ना लगाएतका सामाग्रीहरु सहयोग गरेको जनाईएको छ । जस्मा
घटनाको प्रारम्भीक अध्य्यन अनुसार अनुमानित ८१ लाख बराबरको क्षती भएको राष्ट्रिय युवा संघ र अनेरास्ववियु सुनवल –१२ले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.