Jilla Ban Notis

बाढीबाट सजक र सुरक्षित रहन अध्यक्ष चौधरीको अनुरोध

0 35

उमेश बि।क

सरावल ,१३ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बाढीबाट खतरा बढ्दै गरेको छ । पालिका भित्रका विभिन्न वडाहरुमा भुभाग सहित केहि घरहरू विस्थापित भएका छन ।अविरल बर्षाले पालिका भित्रका केही भुभाग डुबान र घरहरु विस्थापित भएर क्षति समेत भएको छ । अझ बाढिले घर विस्थापित हुनुका साथै खतरा र समस्या बढ्दै गएको छ ।

बर्सेनि बर्षाले गर्दा आएको बाढीले सामन्य जनजिवनलाई प्रभावित पार्नुका साथै तमाम क्षति गर्ने गरेको छ । जस्का कारण आम जनसमुदायमा बसोबास गर्ने मानिहरुलाई कष्टकर र दुखपुर्ण जीवन यापन गर्न बाध्य बनाएको छ । पालिका भित्रका वडा नम्बर १ देखि ७ का वडाहरु बाढिको चपेटामा परेको छ ।

जसमध्ये ५, ६ र ७ का अधिकांश भुभाग डुबान तथा घरहरू विस्थापित भएको छ । वडा नम्बर ६ का खडौना , मधवलिया र नौडिहवा लगाएतका गाउँहरु बाढिको चपेटामा परि अधिकांश घरहरू विस्थापित भई क्षति सहित भुभाग जलमग्न भएको छ ।

आइतबार बसेको पालिका स्तरीय बिपत ब्यवस्थापन समितिको बैठकले लागत संकलन ,घुम्ती स्वास्थ्य क्लिनिक , राहत वितरण ,तत्काल सडक मर्मत , हिउँदे बालि बिउबिजन अनुदानको लागि पहल लगाएको विषयवस्तुमा छलफल भएको हो।

गाउँपालिका भित्रका सम्पूर्ण बाढीले प्रभावित भएको वडाहरु र विस्थापित भएको घरपरिवारहरुलाई यो विषम अवस्थामा बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिमबारे सजक र सुरक्षित भई बस्न आग्रह गर्दै बाढीले गर्दा खतरा बढ्दै गएकोले पालिका विपत व्यवस्थापन समितिलाई समय समयमा जानकारी गराई जोखिमबाट वचन सुरक्षित स्थानमा जान गाउँपालिका बासिहरुलाई पालिका अध्यक्ष राधेश्याम चौधरिले अनुरोध गर्नुभएको हो ।

उहाँले यो विषम अवस्थामा विस्थापित घरपरिवारहरुलाई पालिका विपत ब्यवस्थापन समिति संग सम्पर्क गरि आवश्यक स्थानमा जान र आवश्यक्ता अनुसारको सेवा सुविधा पालिकाले गर्ने बताए ।

बाढीको चपेटामा परेका स्थानीय बासिको लागि तत्कालका लागि राहतको ब्यवस्था गरिरहेको हुनाले जति सक्दो राहत वितरण गर्ने जानकारी गराउदै सबै संघ संस्थाले सहयोग गर्न अनुरोध गर्नुभएको हो।

Leave A Reply

Your email address will not be published.