Jilla Ban Notis

नवलपरासीको सदरमुकाम परासीक्षेत्र पूर्ण रुपमा डुबानमा,उद्धार कार्यशुरु ,राजमार्ग बन्द

0 62

कृष्ण ढकाल
बर्दघाट,भदौं–११
अविरल वर्षाका कारण नवलपरासीको सदर मुकाम परासीक्षेत्र पूर्ण रुपमा डुबानमा परेको छ । परासीक्षेत्र पूर्णरुपमा डुबानमा परेसंगै अहिले उद्धार कार्य शुरु भएको छ । परासीमा रहेका एक तले घरहरु प्राय सबै डुवानमा परेका छन् ।


लगातार रुपमा परेको पानीले परासीक्षेत्र डुवानमा परेपछि परासीक्षेत्रका सबै जसो मानिसहरुका महत्वपूर्ण कागजात देखि खाद्ययान सबैमा क्षेत्री पुगेको छ । अफिस, तथा कार्यालयहरुका सबै कम्प्युटर तथा महत्वपूर्ण कागजातहरु बाढीले डुवाउने र बगाउने गरेको परासीका राससका पत्रकार मोहन पौडेलले बताउनु भएको छ ।

परासीको झरई खोलाको बाढी बस्तीमा पसेपछी परासी बजार क्षेत्र डुवानमा परेको हो । अहिले सम्म मानविय क्षेत्री भने नभएको बुझिएको छ ।

बुटवल नारायणगढ सडक खण्ड अबरुद्ध ।
सुनवल को तुरिया खोलाको पुल
 अविरल बर्षाका कारण सुनवल को तुरिया खोलाको पुल भासिएर सवारी आवागमन बुटवल नारायणगढ सडक खण्ड अबरुद्ध भएको छ । गयराती देखि लगातार परेको बर्षाका कारण नवलपरासीको तुलसीनगर,अलावल र चिसापानीमा राजमार्ग माथीवाट नै बाढी पसेपछि यातायात पूर्णरूपमा बन्द भएको छ ।
राति ११ बजेदेखि नै यातायातका सवारीसाधनहरु आवत–जावत बन्द भएको बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्णप्रसाद घिमिरेले बताउनु भयको छ ।
बर्दघाट–२ चिसापानी सडकखण्डमा बाढीले जंगलवाट काठ तथा पाँङगो माटो बगाएर राजमार्गमा थुपारि दिएकाले सडक पूर्ण रुपमा वन्द भएको हो 
बाढी रोकि पछि सडक सफागरेर संचालनमा ल्याउने आन्तरीक तयारी गरीएको प्रहरीले जनाएको छ । 

उता
बर्दघाट सुस्तापूर्व नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार गएरातिको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो । यस्तै गैँडाकोट, थुम्सी,भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ ।

 

Leave A Reply

Your email address will not be published.