Sarawal sit lahar Notis

१० के.जी. चरेस सहित १ जना पक्राउ ।

0 68

कृष्ण ढकाल
बर्दघाट,भदौं–१०
जिल्ला प्रहरी कार्यालय नवलपरासीले आज नेपाल –भारत सिमावर्ती क्ष्ँेत्रवाट १० के.जी. चरेस  लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतिय नागरीक रहेका छन । प्रहरी चौकी पाचपेडाबाट खटिएको प्रहरी टोलीले आज बिहान करिव ५ बजेको समयमा प्रतापपुर गाँउपालिका वडा नं। ४ बर्दघाटे भन्ने स्थानवाट पक्राउ गर्न सफल भएको प्रहरीलेजनाएको छ ।
बर्दघाटे भन्ने स्थानमा पैदलयात्रीका रुपमा हिडिरहेका भारत उत्तर प्रदेश जिल्ला महाराजगंज थाना बर्गदवा ग्राम भगतपुरवा आफ्नो घर बताउने ३७ बर्षीय राजेश यादवलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथवाट १० के.जी.चरेस बरामत गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एंव सुचना अधिकारी राजु लामाले जानकारी दिनु भएको छ ।

बर्दघाटे भन्ने स्थानमा पैदल हिडिरहेका राजेश यादवले बोकेको कालो रंगको भिर्ने झोला भित्र पत्रिका र टेपले बेरेको ईट्टा आकारको २६ प्याकेट चरेस लागुऔषध फेला परेपछि यादवलाई नियान्त्रणमा लिएर थप अनुसान्धान भेरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.