kalika

नेपाल लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ता सम्मान ।

61

रामु भुसाल,बर्दघाट,भदौं–८
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दघाट शाखा पश्चिम नवलपरासीको आयोजनामा सोमबार अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । बीमा अभिकर्ता संघ बर्दघाट शाखा अध्यक्ष रमेश पण्डेयको अध्यक्षता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश प्रमुख कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा कम्पिनीको तर्फ बाट बर्दघाट शाखामा कार्यरत अभिकर्ता मन्जु खत्री विश्वको अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तराष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेवल अन्तरर्गत २०२२ का लागि एम।डी।आर।टी चयन हुनु भएकी खत्रीलाई शाखा द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथि लम्सालले कम्पनिको ७ अरव १९ करोड पुँजी सहित ३२ लाख आवद्ध सदस्य रहेको कम्पनिको २ सय शाखा रहेको बताउदै लुम्बिनी प्रदेश र बर्दघाट शाखाबाट पहिलो एम।डी।आर।टी हुनु भएकोमा खत्रीलाई बधाई सहित सम्मान गर्नु भएको थियो ।
कार्यक्रमा बोल्दै सम्मानीत खत्रीले आफुले यस विषम परिस्थितिमा पनि सबैको साथ र सहयोगबाट नै आफु सो स्थानमा पुग्न सफल भएको बताउदै सहयोगी सबैलाई धन्यबाद ज्ञापन गर्नु भएका थियो । संस्थाका अभिकर्ता, कर्मचारी लगायतको सहभागीता रहेको कायक्रमको सञ्चालन कम्पनिका शाखा प्रमुख सन्त कृपाल अग्रहरीले गर्नु भएको थियो ।