Sarawal sit lahar Notis

शुलभ बचत तथा ऋण सहकारीसंस्था,बर्दघाट–७,जिमिरेभारले ११औं स्थापना दिवस मनायो ।

0 26

कृष्ण ढकाल
बर्दघाट,भदौं–३
शुलभ बचत तथा ऋण सहकारी संस्था ,बर्दघाट–७,जिमिरेभारले आज आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्सकून)का उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा संस्थाको ११ औं स्थापना दिवस मनाईएको हो ।

बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा भएको स्थापना दिवस कार्यक्रममा संस्थाले आफ्ना शेयर सदस्यहरु मध्ये कोभिड–१९ भएका र कोभिड–१९ परास्त गरेका शेयर सदस्यहरुलाई पोष्टिक आहार प्रदान गरेको थियो । त्यसैगरी कोभिड–१९ का कारण मृत्युवरण गरेकाहरुको परिवारलाई सहयोग स्वरुप जनहि ५ हजारका दरले नगद सहयोग समेत प्रदान गरेको थियो । त्यस्तै संस्थावाट ऋण लिएकाहरुलाई समेत ऋणको ब्याजमा केहि प्रतिशत छुट्को ब्यवस्था गरेको कार्यक्रमा जानकारी गराईएको थियो ।

कोभिड–१९ का कारण मृत्युवरण गरेकाहरुको परिवारलाई सहयोग स्वरुप जनहि ५ हजारका दरले नगद सहयोग प्रदान गर्दै

 

११ औं स्थापना दिवस मनाउने क्रममा शुलभ बचत तथा ऋण सहकारी संस्थाले बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्राङ्गणमा फलफूलका विरुवाहरु रोप्ने कार्य समेत सम्पन्न् गरेको छ।

शुलभ बचत तथा ऋण सहकारी संस्थाको ११ औं स्थापना दिवसमा बोल्दै नेफ्सकूनका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि संस्थाले गतिलिनका लागि त्यस संस्थामा अध्यक्ष र ब्यवस्थापकको तालमेल हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो ।
त्यसैगरी बाल्मिकी दुग्ध बहुउद्धेशीय सहकारी संस्थाका अध्यक्ष सूर्यनाथ अधिकारीले सहकारी आन्दोलनले सबैलाई कुरा गर्न सिकाएको परिणम देखिए पनि आर्थिक सवलीकरणमा प्रगती गर्न सबै सहकारीहरुले नसकोको टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रममा,संस्थाका निर्वतमान अध्यक्ष जिवनाथ पौडेल,राष्ट्रिय सहकारी बैंक बर्दघाट शाखा प्रमुख सविना पोखरेल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कोभिड–१९ परास्त गरेका शेयर सदस्यहरुलाई पोष्टिक आहार प्रदान गर्दै

 

२०६१ सालमा दण्डपानी पौडेलको अध्यक्षतामा संस्थाको गठनगरी आफ्नो आर्थिक कारोवार शुरु गरेको शुलभ बचत तथा ऋण सहकारी संस्थामा अहिले सम्म हरि बस्याल,रामचन्द्र अधिकारी,जिवनाथ पौडेल हुदै राधाकृष्ण अधिकारीसम्म आईपुग्दा ६ जनाले नेतृत्व समालिसकेका छन् ।

बिधिवत रुपमा २०६७ साल भदौं ३ गते १ सय १ जना सदस्य लिएर डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भएको शुलभ बचत तथा ऋण सहकारी संस्थाले अहिले १ हजार १ सय ५३ जना सदस्य बनाउन सफल भएको संस्थाको तथ्यांकमा उल्लेख गरीएको छ । त्यसैगरी आ.ब.२०६७÷०६८ मा ३ लाख ७ हजार रुपैया शेयर रहेको सो संस्थाले अहिले ६४ लाख ९१ हजार १ सय रुपैया बनाउन सफल भएको छ भने ४ करोड ३६ लाख १९ हजार ९ सय ५२ रुपैया निक्षेप संकलन गर्न सफल भएको संस्थाले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ ।

बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्राङ्गणमा फलफूलका विरुवाहरु रोप्दै

 

अहिले संस्थालाई अझ बलियो बनाएर लैजानका लागि स्थानिय रुपमा क्रियाशिल रहेको बाल्मिकी दुग्ध बहुउद्धेशीय सहकारी संस्था,जिमिरेभारसंग मर्चभएर जाने तयारी गरेको संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीले बताउनु भएको छ । अहिले बाल्मिकी दुग्ध बहुउद्धेशीय सहकारी संस्थामा १ सय २५ जना शेयर सदस्य रहेको बाल्मिकी दुग्ध बहुउद्धेशीय सहकारी संस्था,जिमिरेभारका अध्यक्ष सूर्यनाथ अधिकारीले बताउनु भएको छ ।

साबिकको माकर,दाउन्नेदेवि,जहदा र जमुनिया गाविस अथार्त हालको बर्दघाट नगरपालिकाको वडा नम्वर १,२,३,४,५,६,७,१२,१३,१४,१५ र १६ तथा प्रतापुर गाउँपालिकाको वडा नम्वर २ लाई आफ्नो कार्यक्षेत्र बनाएर अघि बढेकोे संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीले बताउनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.