Jilla Ban Notis

नेकपा माओवादी केन्द्र ,सुनवल वडा नं. १२ को वडा भेला सम्पन्न् ।

0 42

कृष्ण ढकाल
बर्दघाट,साउन–२९
नेकपा माओवादी केन्द्र ,सुनवल वडा नं. १२ को वडा भेला आज सम्पन्न् भएको छ । रण बहादुर कुवंरको अध्यक्षता र पूर्व गृहराज्य मन्त्री एवं केन्द्रीय सदस्य धनश्याम यादवको प्रमुख आतिथ्यतामा भएको भेलाले रण बहादुर कुवंर अध्यक्ष र प्रताप क्षेत्री सचिव रहेको ३३ सदस्य वडा कमीटी गठन गरेको छ ।
त्यसैगरी सोहि भेलाले राजेन्द्र चौधरी अध्यक्ष र विनोद तिमिलसिना सचिव रहेको ४६ सदस्य वाई सि एल वडा कमिटि र तारामती चौधरी अध्यक्ष रहेको ३१ सदस्य अखिल नेपाल महिला संघ क्रान्तीकारीको वडा कमीटी पनि गठन गरेको वाई.सि.एल नेपालका जिल्ला अध्यक्ष दिपक रानाले जानकारी दिनु भएको छ ।

आज गठीत नयां वडा कमीटीलाई केन्द्रीय सदस्य धनश्याम यादवले सपथ ग्रहण गराउनु भएको थियो भने वाई सि एल वडा कमिटिलाई वाई.सि.एल नेपालका जिल्ला अध्यक्ष दिपक रानाले ले र अखिल नेपाल महिला संघ क्रान्तीकारी कमीटीलाई अखिल नेपाल महिला संघ क्रान्तीकारी जिल्ला अध्यक्ष वबिता वि.कले सपथ ग्रहण गराउनु भएको दिपक रानाले जानकारी दिनु भएको छ ।
वडाभेलामा पार्टीका केन्द्रीय सदस्य तथा संविद्यान सभा सदस्य सिता वौडेल,जिल्ला अध्यक्ष भविस्वर तिवारी (आजात),प्रदेश सदस्य सूर्य न्यौपाने लगाएतको उपस्थिती रहेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.