Jilla Ban Notis

लुम्बिनी प्रदेशमा चारदलीय गठबन्धनको सरकारमा को को जादै छन ?

0 15

बुटवल,साउन २८
लुम्बिनी प्रदेशमा चारदलीय गठबन्धनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेको छ।
४२ सांसदको हस्ताक्षरसहित गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसामु नयाँ सरकार गठनको दाबी पेस गरेको हो।
लुम्बिनीमा गठबन्धनको बहुमत रहेकाले बिहीबार नै नयाँ सरकार बन्ने छ। मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै केसीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।
नयाँ सरकारमा माओवादीले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र कांग्रेसले आन्तरिक मामिला तथा कानूनसहित ४ मन्त्रालय लिने सहमति दुई दलबीच भएको छ।
जसपाले पनि ३ वटै मन्त्रालय पाउने साझेदारी गठबन्धनमा भएको छ।

बाँकी कार्यकालमा माओवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी गरेका छन्। १६ महिना बाँकी कार्यकाल ८ महिना केसी र ८ महिना कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियाले नेतृत्व गर्ने सहमति भएको छ। नयाँ सरकार बन्ने भएपछि अहिले कांग्रेस र माओवादी केन्द्रमा मन्त्री बन्न नेताहरूको दौडधुप तीव्र छ। कांग्रेस र माओवादीमा मन्त्रीका आंकाक्षी धेरै हुँदा दुई दललाई मन्त्री छान्नै हम्मेहम्मे परेको हो।

मुख्यमन्त्रीसँगै माओवादी केन्द्रबाट एकजना, नेपाली कांग्रेसबाट एकजना र जसपाबाट तीन जनालाई समेटेर मन्त्रीहरुको नियुक्ति र सपथ आजै हुने कांग्रेस मुख्य सचेतक फखरुद्दिन खानले बताए । नेपाली कांग्रेसबाट पाल्पाका बीरबहादुर राना वा दाङका डिल्लीबहादुर चौधरीमध्ये एकजना मन्त्री बन्नेछन्। माओवादी केन्द्रबाट दामा शर्मा र सुदर्शन बरालको चर्चा छ।

यस्तै, माओवादी केन्द्रबाट इन्द्रजित चौधरी, कृष्णध्वज खड्का, कांग्रेसबाट निर्मला क्षेत्री र रमा अर्यालको पनि मन्त्री बन्ने चर्चा छ। @ लुम्बिनी टाईम्स

Leave A Reply

Your email address will not be published.