sunwal

बलियो नेपाल पोषण अभियानद्धारा खाद्य तथा पोषण वितरण

50

गोविन्द घर्ती
देवदह ,साउन –२४
रुपन्देहीको देवदह नगरपालिका भित्रका ६ महिना देखि २ बर्ष सम्मका बालवालिकालाई पोषण तत्व राहत प्रदान गरिएको छ । देवदह नगरपालिका भित्रका करिव दुई हजार वालवालिकालाई उक्त पोषण तत्व राहत प्रदान गरिएको हो ।

शहरी विकास स्वास्थ्य केन्द भवानीपुरबाट उक्त पोषण राहत प्रदान शुरु गरिएको हो । बलियो नेपाल पोषण अभियानद्धारा कोभिड–१९, महामारीका कारण ६ महिना देखि २ बर्ष सम्मका बालवालिकाहरुमा देखिएको खाद्य तथा पोषण असुरक्षा संग लड्नको लागि पोषण राहत प्रदान गरिएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले वालवालिकाहरुलाई स्वास्थ्य राख्नको लागि आमाको दुध संगै पोषण तत्व आवश्यक रहेको औल्याएका थिए । उनीहरुले कोभिड–१९, का कारण धेरै बालवालिकामा कुपोषणबाट प्रभावित भएको बताएका थिए ।

कार्यक्रमका देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले बच्चाहरुलाई कुपोषणबाट बचाउनको लागि पोषण तत्व खाद्य आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले देवदह नगरपालिको आर्थिक अवस्था कमजोर भएको नागरिकलाई मध्यनजर गर्दै निशुल्क मोतियाविन्दु परिक्षणको व्यवस्था गरेको बताउनु भयो । उहाले नगरपालिकाले नगर भित्र रहेका नागरिकलाई निशुल्क रगतको उपलव्ध गराउदै आएको बताउदै आमनागरिकको स्वास्थ्य जीवनको लागि नगरपालिका लागिपरेको दावी गर्नु भयो ।

सोही अवसरमा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले महिला र बालवालिकाको आधारभूत स्वास्थ्यको लागि नगरपालिकाले विभिन्न योजना अगाडि सारेको बताउनु भयो । उहाले स्वास्थ्य स्वयमसेवीको माध्यमबाट गर्भवती महिलाहरुलाई आईरन चक्की निःशुल्क प्रदान गर्दै आएको बताउनु भयो । उपप्रमुख गुरुङ्गले नगरपालिकाले महिला र बालवालिकालाई स्वास्थ्य राख्नको लागि विभिन्न सचेतना र पोषणका कार्यक्रमलाई विशेष जोड दिदै आएको बताउनु भयो ।

कार्यक्रममा बलियो नेपाल पोष्ण अभियानका कार्यकारी निर्देशक डा. अतुल उपाध्यायले कोभिड–१९, का कारण धेरै बालवालिका कुपोषणबाट प्रभावित भएकोले पोषण कार्यक्रम अगाडि सारेको बताउनु भयो । उहाले बालवालिकालाई बजारको सामाग्री खुवाउनु भन्दा सर्वोतम लितो खुवाउन आवश्यक रहेको बताउनु भयो ।

पोषण राहत कार्यक्रम अन्र्तगत एक जना बच्चनलाई ३ वटा मालतोजीन र सर्वोतम लिटो प्रदान गरिएको थियो । नगर प्रमुख हिराबहादुर खत्रीको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेको स्वागत र भवानीपुर शहरी स्वास्थ्य केन्द्रका प्रमुख मेघनाथ न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।